ओरालोको सिलसिला
नोकरले सामान किन्न जाँदा बाँकी भएको दुईचार रुपियाँ आफै राख्यो ।
खरदारले कार्यालयमा आएको ग्राहकसँग सुटुक्क सय रुपियाँ लियो ।
नायब सुब्बाले पाँच सय लिएर मात्रै फाइल खोल्यो ।
कार्यालयको हाकिमले पचास हजारमा बल्ल फाइल पास ग¥यो ।
मन्त्रीले पच्चीस लाख पाएपछि ठेक्का सदर ग¥यो ।
प्रधानमन्त्रीले पाँच करोड कमिशन लिएपछि बल्ल जहाज किन्ने स्वीकृति दियो ।
नोकरले दुईचार रुपियाँ नाफा खाएको कुरा मालिकले वास्तै गरेन ।
खरदार र ना. सु. ले घुस खाएको कुरा कार्यालयमा सबैलाई थाहा छ । तर कसैले यसलाई चर्चाको विषय नै बनाएनन् ।
सचिव र मन्त्रीले कमिशन खान्छन् भन्ने विषयलाई लिएर प्रधानमन्त्रीले बेलाबेलामा त्यस्तालाई कारवाही गरिने छ भनेर भाषण गरेको ’bout पत्रपत्रिका, चियापसल र कार्यालयमा टिकाटिप्पणी चल्ने गर्छ ।
प्रधानमन्त्रीले पाँच करोड खाएको कुरा एउटा पत्रिकाले लेख्यो । मन्त्रीले पढ्यो । पढेर मुसुक्क हाँस्यो । सचिवले पनि सरसरती हे¥यो ।
बहिदार, खरदार र ना.सु.ले पनि त्यो समाचार पढे र रकम देखेर आश्चर्यले जिब्रो टोके ।
कार्यालयको पियनले अखबार पनि पढेन र यो कुरामा चासो पनि दिएन ।
घरको नोकरसम्म त अखबार नै पुगेन ।
००