ओलीवाद भित्रको ‘लाफिंग थेरापी’
नेपालको नक्शामा अतिक्रमित भारतीय भूमि लिपुलेक कालापानी राखेर संविधान संसोधन मार्फत राष्ट्रियताको विगुल फुक्दा प्रशंसाको अग्लो शिखरमा आफैले देखेका ओलीलाई अरु पक्ष, विषय र प्रसंगमा भुइँको धुलो र हिलो लत्पतिएको स्थितिमा चित्रित गर्नु पर्दा मलाई लज्जाबोध छ । राष्ट्रियताको विगुल बजाउने अगुवा भन्दैमा यिनका अरु कमजोरी, निकम्मापन, आत्मरति, आत्मप्रशंसा अनि ‘लाफिंग थेरापी’ जस्ता दुर्गुणलाई भुल्न र भ्रमको पर्दा ओढाउने तथ्यलाई आलोचना नगरौ कसरी ? प्रशंसा योग्य कार्यको प्रशंसा र आलोचनायोग्य कामको आलोचना नागरिक दायित्व र खबरदारी भित्र पर्छ । ओलीवादको मुख्य भ्रम र विश्वास हो ओली जति बुझेका जानेका कोही छैनन् ओलीले जे बोल्छन, जे बुझेका छन त्यो नै अन्तिम सत्य हो । मानौ उनको बोली ब्रम्ह वाक्य हो त्यो भन्दा पर अर्को सत्य र तथ्य हुन्न । ओली र उनका समर्थकको बुझाई यही हो । अरुले बुझेका बोलेका कुरा केवल बिरोधका लागि बोलेका हुन् । तथ्यसँग त्यो मेल खादैन । तथ्यसँग यी कुराहरु मेल खादैनन् जुन कुराहरु पत्रिकाको मुख्य पृष्ठमा छापिन्छ ।
धेरै परको कुरामा जानै पर्दैन । सरकारका मन्त्री र प्रबक्ताले सत्तरी करोडको घुष डिल गरे र चौतर्फी बिरोध पछि राजिनमा दिन बाध्य भए तर यसमा ओलीको नैतिकता जोडीएन किनकि उनले भ्रष्टचार नगरेको ओलीले स्पष्टीकरण दिए । ‘म नै राज्य हूँ ’लुई चौधौ को नयाँ अवतार ओली हुन् उनी जे बोल्छन त्यो नै रैतीले मान्नु पर्छ । उनका हर प्रवचन अप्रश्नीय हुन । श्री तीन जंगबहादुरको भुत्त यिनमा सवार छ । यिनका चाकरी दार रैती पनि उस्तै छन महाराजले बोले पछि सक्कियो । जस्तो अस्ति राष्ट्रिय सभामा ओलीले बेसार माहात्म्य ’bout बोले त्यसको प्रस्टीकरण दिन कुनै विज्ञान सम्मत तर्क प्रमाण र भनाई चाहिएन केवल फेस बुकमा आफ्ना समर्थकले बेसार पानी खाएर कोरोना जितेको दुई तीन जनाको ‘स्क्रिनसर्ट’ राखेर प्रधानमन्त्रीका प्रेस सल्लहाकारले प्रमाण जुटाए । कति निम्जो र दुब्लो तर्क गर्नु परेको होला ? बेसार औसधीय गुण भएको कन्दमुल भएको कुरामा कुनै सन्देह छैन तर प्रधानमन्त्रीको शैली र प्रस्तुति अनि त्यो मंचको गरिमा र आफ्नो पदीय दायित्व महत्व भुलेर रत्नपार्कको जडिबुटी बेच्नेको झैँ सोच र त्यस्तै प्रस्तुति निश्चयनै शोभनीय होइन।
देशको सर्वोच्च जनप्रतिनिधिमुलक संस्थालाई जोक स्थल र केवल समय कटाउने थलो र आत्मप्रशंसा गर्ने स्थलको रुपमा लिएर अरुलाई अण्डरमाइन्ड गर्नुले प्रधानमन्त्रीको सूचना होइन ज्ञानको दायरा प्रष्टै थाहा हुन्छ । बिभिन्न खोज अनि बरिष्ठ कलेजोरोग विशेषज्ञ सुधांशु जोशी र सुवास भट्टराई भन्नुहुन्छ बेसारको पहेलो पन र जन्डिसको कुनै सम्बन्ध छैन बरु जण्डिस भएको बेला बेसारलाई औसोधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ तर प्रधानमन्त्रीको बेसार निबन्धमा तथ्य पनि छन, सत्य, अर्ध सत्य र असत्य सबैकुरा देखिन्छ यो प्रधानमन्त्रीले बोल्ने असत्य र अर्ध सत्यको जबाफ चै के हुन्छ ? तर स्पस्टिकरण आउछ उहाँले जे बोल्नु भयो सत्य बोल्नु भयो । जनताको मनोबल उठाउन बोल्नु भयो ।
यही कुरा प्रधानमन्त्रीले बोल्नु र आयुर्वेद विशेषज्ञले बोल्नुमा फरक पर्छ । आफ्नो क्षेत्र र विषय विज्ञता भन्दा पर गएर बोल्नु र सर्वविज्ञ बन्न खोज्नुको मनोविज्ञान भ्रमको मनोविज्ञान हो । मैले जे बोले पनि पत्याउनु पर्छ मैले बोले पछि सक्कियो सुन्नु भएन मैले बोल्या भनेर संसदमा जबाफ फर्काउनुको बढ्प्पनले उही जंग बहादुरको मार्रा भन्ने जुवा खेलाईको सम्झना गराउछ । पासा नपरे पनि पासा हेर्ने रैतीले जंगबहादुरले हाने पछि मार्रा भन्ने शैलीको नयाँ रुप र चाकरी कायमै छ भन्नु पर्दा आधुनिक रैतीलाई लाज लाग्नुपर्नेमा महाराजको अन्ध भक्त भएकोमा गर्व छ । गैडा प्रवचन उहाँको पार्टी मंच र कार्यकर्ताको अघिल्तिर थियो त्यसमा भन्नु केही छैन तर राष्ट्रको सर्वोच्च मंचलाई अनावश्यक समय खर्चेर आफ्नो सिमा र क्षेत्र बाहिर गएर खर्चेको समयको हिसाब म जस्ता आम नागरिकको पनि हो ।
संकट र अप्ठ्यारोमा पल पलको महत्व हुन्छ तर प्रधानमन्त्री जोक सुनाएर आफ्नो प्रशंसा आफै गरेर बकम्फुसे बनाएर समयलाई खेर फाल्नु हुन्छ जुन संवेदनहीन पक्ष हो । एक साधारण नागरिकको समयको महत्व नजान्ने, नबुझ्ने कमजोरीको सिकार ऊ स्वयं र उसको परिवारमा सिमित होला तर प्रधानमन्त्रीले समयलाई पक्रन नसक्दा त्यसको असर र शिकार आम नागरिक बन्नुपर्ने हुन्छ त्यसैले प्रधानमन्त्रीले समयको महत्व जानुन । प्रधानमन्त्रीको असिमित सूचना संकलन क्षमता, जोक सुनाउने खुवी र उखान टुक्का अनि ‘मोटीभेसनल स्पीच’ अवकासप्राप्त जीवनमा सुनाउने कस्ट गरे अति जाती हुन्थ्यो । उहाँको जेल जीवन देखि राजनीतिको आरोह अवरोह जनतालाई सुन्न इच्छा छ तर आहिले होइन ? अहिले समय ‘क्रिटिकल’ छ जीवनमरणको दोसाँधमा राष्ट्र र सम्पूर्ण विश्व छ जोक पछि गरौला ।
रमाइलो कसलाई मन पर्दैन र हास्न कसलाई रहर छैन र ? रोमान्चकतासँग कसको शत्रुता छ र ? प्रधानमन्त्रीले नजानेको कुरा केही छैन तर जनताको यतिबेलाको अपेक्षा कोरोनामुक्ति हो कि भ्युटावर निर्माण ? त्यो बुझे सहज हुन्थ्यो । दैनिक पत्र पत्रिकामा आउने अनियमितता र भ्रष्टाचारको कुरा आरोप हो कि सत्य हो आँखा नाचिम्लिए हुन्थ्यो ? यदि आरोप हो जुन प्रमाणित हुदैन भने संधै भ्रष्टाचार, अनियमितता, नातावाद घुषखोरी मात्र लेख्ने पत्रिका पत्रकारलाई किन कार्यबाही हुन सक्तैन । समाजमा अफबाह फैलाउने र गलत सूचना सम्प्रेषण गर्ने कसैको नैतिकतामा धावा बोल्ने हक पत्रकारको लागि पक्कै सुरक्षित छैन । कि भ्रष्टचार असत्य हो कि पत्रकारको कलम असत्य ? यी दुवै एकैपटक असत्य हुदैनन् । जी टू जी कोरोना किट र औसधि खरिद प्रसंग त्यसमा भएको ठूलो रकम अन्तरको प्रसंग अनि सेना पून ब्याक हुनुसँग प्रधानमन्त्रीको सरोकार रहन्छ रहन्न् ? रक्षा मन्त्रीको नैतिकता यसमा जोडिन्छ- जोडिन्न ?
एमसीसी ’bout नपढी धारणा बनाएको बोलेको, पढ्न अल्छी गरेको भन्ने भनाइले आफ्नै पार्टीका नेताको मान मर्दन गर्यो कि गरेन ? प्रधानमन्त्री भन्दा बाहेक अरु एमसीसी बुझ्ने क्षमता राख्दैनन् ? डाक्टर युवराज संग्रौला, डाक्टर भीम रावल, डाक्टर सूर्यराज आचार्य लगायतले एमसीसी ’bout गलत नै बुझेका हुन् ? गलत कसरी ? पढ्न नजानेर ? नपढेर ? पढ्न अल्छी गरेर ? या बदनियत गर्ने उदेश्यले ? यसको ’boutमा पनि प्रस्टै भन्नु पर्छ । राम्रो नराम्रो लाग्नुको अमुर्त तर्क र विचारले हुदैन । बस्तुगत खण्डन यथार्थ बताउन नसक्नुको दोषी को ? किन गम्भीर र संवेदनशील विषयमा असहमत पक्ष सहित बसेर तर्क बितर्क गरिन्न्न । यो विषयमा सबैलाई बुझ्न र एकैठाउँमा बस्ने बातावरण सरकारले निर्माण गर्ने होइन र ?
नक्सा पास गर्न एकै ठाउँ बस्ने छाती एमसिसि ’bout राष्ट्रिय धारणा बनाउन संगै बस्न नमान्ने कारण छैन । आफ्नै कार्यकर्ता र नेताहरुलाई लाज लाग्ने र मान मर्दन गरि बोल्नु ओलीवाद हो । लाफिंग थेरापीले सबै रोग निको हुन सक्तैन तर ओलीवादले सबै रोगको अचुक औसधि लाफिंग थेरापी ठान्छ र संधै जोक सुनाउछ । जोकमै झोक देखाउने ओली शैली र अभ्यास ओलीवाद हो । आलोचना सुन्न नसक्ने नपचाउने तर लाजघीन अनैतिकता, बेइमान र बेरुजु सबै पचाउने सत्ताको चरित्र ओलिवाद होइन कसरी भनौ जुन आफ्नै आँखा र दुनियाले देखेको सत्य छ ।
कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो लागि हाल्यो भने यसो हाछियू, साच्छियू गर्नुपर्छ तातोपानी खानुपर्छ उडाइदिनुपर्छ । यो ‘लाफिंग थेरापी’ले कोरोना भाग्ला र ? यस्तो भनेर संसदमा टाइम पास गर्ने किकोरोना मुक्त बनाउन प्रभावकारी योजना, दक्ष जनशक्ति परिचालन गरेर सरकार संचालन चुस्त बनाउने हो ? बेसार पानीको सिफारिस गरेर मोटी भेसनल स्पिच दिनुको सट्टा रुकुम सोतीको घटना त्यसमा भएको विभेद र अत्याचार’bout बोलेर जातीय भेद अन्त्य गर्ने वाचा कसम गरेको भए कति उपलब्धिमुलक लाग्थ्यो मन्तव्य । काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिर उखान चरितार्थ गरेको छ सरकारको काम कारबाही । एक कदम सहि हिंडेर दश कदम नै सहि भन्न सकिन्न सरकार यस्तै छ । ओलिवादले यस्तै यस्तै संकेत गरेको छ ल हास्यरस, हास्य प्रधान थेरापीबाट मात्रै देशको उपचार असम्भव छ । वाद स्थापित होला तर यो वादले कलाकारको रोजीरोटी खोस्ने बाहेक देशको लागि अरु कार्य गर्न असम्भव प्राय छ ।