नेकपाको स्थायी कमिटी बैठक आज पनि स्थगित

काठमाडौं, असार २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। 

पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा मिलिनसकेकाले बुधबार बिहान ११ बजका लागि बोलाइएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको हो। 

अर्को बैठक असार २६ गते बिहान ११ बजेका लागि बोलाइएको छ।