बेनी र जोमसोम जोड्ने बेलिव्रिज यसरी बगायो (हेर्नुस भिडियो)

पोखरा । म्याग्दी सदरमुकाम बेनीलाई मुस्ताङको जोमसोमसँग जोड्ने बेलीव्रिज बाढीले बगाएको छ ।

आज बिहान बेनी नगरपालिका ९ गलेश्वर र रघुगंगा गाउँपालिका ३ रहुघाटको पुल बाढीले बगाएको हो ।

म्याग्दीमा पहिरोले मराङमा पाँच घर र गलेश्वरको बेलीब्रिज बगायो,हाल सम्म नौ जना वेपत्ताम्याग्दी, २६ असार ः लगातारको बर्षासँगै पहिरो जाँदा शुक्रबार म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा नौ जना वेपत्ता भएका छन् । पाँच वटा घर पहिरोले बगाएको छ । बेनी जोमसोम सडकको बेलिब्रिज बाढीले बगाएको छ ।

Posted by ज्यो.पं कमल पौडेल शास्त्री on Thursday, July 9, 2020

पिप्लेमा रहेको बेलिव्रिज बाढीले बगाएपछि मुस्ताङ जिल्ला सडक सञ्जालबाट सम्पर्क टुटेको छ ।

अहिले सो क्षेत्र ’round बस्ने बासिन्दालाई त्यहाँबाट सुरक्षित स्थान सारिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । – नागरिक खबर