जनयुद्दकालीन ती दिनहरु….



त्यसैले रातारात माओवादी कार्यकर्ताले उत्पिडित समुदायलाई अग्रसर भएर बोल्न सिकुन भनेर संगठनको प्रमुख पद महिला जनजाति,आदिवासी र दलितलाई जिम्मेवारी दिन्थे । तर विडम्बना, स्थिति यतिबेला ठिक उल्टो छ ।

व्यक्तिगत जिवनशैलीमा परिवर्तन आएको छ । हिजो हिड्ने जंगल र आज हिड्ने शहर फरक छ। यसो भन्दा फेरि जनताको बस्ने ठाउँ उही छ ।


-दीपा नेपाली

कुरा म सानो छदाको हो, वि .स. २०५७ साल तिरको कुरा हो । म कुक्षा ३ मा पढ्थे । एकाएक गाउँमा माओवादी सेनाको प्रेवश भयो । दिउसोको समय थियो । मेरो क्लास चलिरहेको बेला स्कुलको चौर भरि माओवादीको ग्रुप हतियार सितै थियो । एक्कासी हतियार सहित देख्दा स्कुलका सबै शिक्षक र विधार्थीहरु त्रसित भए । सबैमा माओवादी हुनकि भन्ने शंका उब्जियो । सबै मानिसहरु डरले टाढाटाढा भए । एकछीनमा माओवादी सेनाको ग्रुप छुट्टियो । सेनाको ग्रुप छुटिदै गर्दा माओवादि लडाकु भनिने पुजाले रक्षालाई आँशु पुछ्दै उहाँलाई केहि हुदैन भन्दै हुनुहुन्थ्यो । अरु डरले उहाँहरुको नजिक कोहि जान सकेनन । म भने उहाँहरु रोएको देखेर नडराई छेउमा पुगे ।


 त्यतिखेर माओवादीको निकै हल्ला चल्दै थियो । माओवादीले काट्छन ,मार्छन भनेर जनताहरुमा भ्रम थियो । बाँकी रहेको सेनाको ग्रुप गाउँमै बस्यो । साझ पर्दै गयो ।  दईदुई जना गरि माओवादी सेना घरघरमा पसे । त्यसैगरी मेरो घरमा पनि कमरेड अग्नी सापकोटा  भनिने एक जना आउनुभयो । साझको खाना खानु अघि उहाँले बाबासँग पार्टीको  सिद्धान्त र मुद्दाको ’bout लामै गफ गर्नु भयो । उत्पिडित समुदायको हक अधिकारको लागि माओवादी पार्टी उठेको हो भन्ने कुरा गर्नुभयो । त्यो कुरा मैले नजिकैबाट सुनेको थिए त्यतिखेर।


 ’cause उँहा वाहुनको छोरा भएर जातिय विभेद विरुद्ध,महिला हिंसा र समाजमा हुनेगरेका अन्याय,अत्याचारको विरुद्ध हतियार बोकेर हिडुनुको कारण वताएका थिए । सबैको घरघरमा माओवादी सेनाले खाना खाएर बास बसिसके पछि अब माओवादीले मार्दैनन भन्ने जनतामा विश्वास बढ्यो । यसैगरि माओवादी सेना,कार्यकर्ता र कलाकार टिम गाउँमा पटकपटक आउन थाल्यो । कार्यक्रममा नेताको भाषण र कलाकारको प्रस्तुतीबाट गाउँघरका युवायुवतीहरु पनि प्रभावित हुन थाले । तर  कतिपय समुदायका वृद्धवृद्धाहरुले भने दलितलाई देख्ने वित्तिकै निहु खोज्दै मोओवादी दलितको पार्टी भनेर कुरा सुनाउथ्ये ।


माओवादी शब्दलाई अनेक अर्थमा परिभाषित गर्दथे । माओ भनेको मान्छे र वादी भनेको वादी समुदाय हो भन्थे । यसरी माओवादी पार्टीका सबै मान्छे वादी समुदायका हुन भन्दै दलितलाई होच्याएर बोल्थे ।अपमान गर्थे अनेकन लान्छना लगाउथे ।

एकातिर पानी नचल्ने दलिहरुलाई  समाजले कसरी नेतृत्व स्वीकार्थ्यो र ? तैपनि माओवादी दलित कै पार्टी हो भन्ने बाहाना बनाएर गैरदलितहरु संगठनको प्रमुख पदमा बस्न मान्दै मान्दैनथे । किन भने त्यतिखेर संकटको घडी थियो । माओवादी समर्थकको लडाइँ मृत्यु र मुक्ति सँग समर्पित थियो । माओवादी भनेपछि नेपाली सेनाले खोजीखोजी मार्थे । त्यहि भएर मरिने डरलेपनि गैरदलितहरु मुस्किलैले मात्र सदस्यमा बस्थे । गाजस र वाजस प्रमुख भएर दलित, आदिवासी, जनजाति र मधेसीले संगठन चाउनु पर्थ्यो ।



मौका पारी पारी अब दलितको सरकार आउदै छ ।दलित पनि हामी भन्दा चोखा वाहुन बन्ने भए । यिनीहरुले छोयोको खानुपर्छ रे भन्दै गैरदलित नानाथरी कुरा सुनाउथ्ये । गाउँगाउँमा संगठको कार्यक्रम भईरहदा महिला हिंसा, जातिय छुवाछुतको विरुद्ध बोल्दा समाजका धेरैलाई पच्दैनथ्यो । जसले गर्दा जो अलि सक्रिय भएर अन्याय विरुद्ध समाज भन्दा माथि भएर बोल्थ्यो उ समाजबाट एक्लिन्थ्यो । आज त्यसैको बिपरितभएर पार्टी संगठनको विकास भएको छ । पार्टीको बेथिति र पद्दतिहीनाताको बिरोध गर्दा मनपरी र एकाधिकारवादी प्रवृतिको बिरोध गर्दा एक्लिने र बिझाउने बन्नु परेको दुखद स्थिति छ। जो पाटी भित्रको गलत प्रवृत्ति विरुद्ध बोल्छ उसैलाई राजनितिक पार्टीमा स्थान छैन । उसले पाउने जिम्मेवारीलाई पेलेर राजनितिक भविष्य सक्काउने प्रवृत्ति बढेको छ । त्यतिखेरको युद्धकालिन समयमा उत्पिडित समुदायले संगठनमा काम नगरे अनेक कुरा भनेर धम्काउथे ।

 त्यसैले रातारात माओवादी कार्यकर्ताले उत्पिडित समुदायलाई अग्रसर भएर बोल्न सिकुन भनेर संगठनको प्रमुख पद महिला जनजाति,आदिवासी र दलितलाई जिम्मेवारी दिन्थे । तर विडम्बना, स्थिति यतिबेला ठिक उल्टो छ । सिमान्तकृत र किनाराकृत वर्ग दलित र जनजातिलाई ‘स्पेस’ कम छ अर्थात् खुम्च्याएर लाने अघोषित नीति बनेको देखिन्छ ।

जातिय र वर्गिय मुक्तिको लागि लडेको पाटी हो भन्दै उत्पिडित समुदायलाई नै संगठन चलाउन नेतृत्वदायी बनाउथे । अधिकार मागेर होईन खोसेर लिनुपर्छ भन्ने विचार व्यक्त गर्दथे । त्यसैले पनि उत्पिडित समुदायले डरले पनि संगठनको दायित्व समाले । गाउँघरमा माओवादी संगठन चलाउने दलित, आदिवासी, महिला,जनजाति र मधेसी नै थिए । त्यतिखेर तिलख बिष्ट माओवादी कै प्रभावशाली नेता ठानिन्थे । जब कार्यक्रममा उहाँ बोलेपछि उहाँको भाषणको तापले सारा मास जुरुक्क उठ्छ भन्ने कुरा त्यतिखेर सबैले गर्थे । प्राय कार्यक्रम मेरै गाउँ हुन्थो । जसलाई त्यतिखेर नेपाल सरकारले माओवादीको आधार ईलाका भनेर घोषणा गरेको थियो । सबै ठाउँको केन्द्रविन्दु खिमडी म पढ्ने स्कुल तीन ओटा जिल्ला डोटी,कैलाली र सुर्खेतको सिमाना थियो । तिन ओटै जिल्लाको पाएक पर्ने मा वि स्कुल श्री भृकुटी मा वि खिमडी मेरै गाउँ पर्थ्यो । कक्षा(आठ)  ८पास गरेका सबै विधार्थीहरु ९ र १० पढ्न त्यही स्कुलमा आउदथे ।


बिस्तारै चारैतिर माओवादीको चहलपहल बढ्यो । केहि मान्छेहरु माओवादीको विचारबाट प्रभावित हुदै कोहि सेनामा कोहि कलाकार तिर होमिए । यसैगरी वि स २०५८ साल विहान म स्कुल पुगे । त्यहाँ कक्षा ९ र १० रित्तिएको थियो । टाढाबाट पढ्न आएका सबै विधार्थीहरु माओवादी सेनामा गएको कुरा गाउँ र स्कुलमा हल्ला चल्यो । त्यसरी कक्षा रित्तिदा सबै विधार्थी र शिक्षक मौन थिए । स्कुल सुनसान भयो । हामी सानासाना विधार्थी मात्र थियौ । म कक्षा ४ मा पढ्दै थिए । मात्र उनीहरु गएको एक हप्ता पुगेकै थिएन । मेरो गाउँबाट एक दिनमा पुग्न सकिने डोटीको साविकको घांगल गाविसमा पर्ने छेडा गाउॅमा मिति २०५८ चैत्र १९ गते घटनाहुदा साविक मोहन्याल गाविस ५ जिमिट्टे गाउँका एउटै घरका दुई भाई चक्र घर्तिमगर र खडक घर्तिमगर¬ साविक पण्डौन गाविसको कोल्तडी गाउँकै मन्सरा दर्लामीमगर भनिने विधार्थि चेलि को पनि  नेपाली सेनासंगको  लडाइँमा परेर घटना स्थलमै ज्यान गयो । माओवादि युद्घकालमा  उनी हाम्रो गाविसकै पहिलो सहिद हुन् ।

 त्यो घटनाले पुरै गाउँ शोकमग्न भयो । बावु आमाले छोराछोरीलाई पढ्लान भनेर छात्राबास बसालेका छोराछोरीको मृत अनुहार समेत देख्न पाएनन । त्यति मात्र होर मृतकका बुवाको पहिचान गरि जिमिट्टेका करणसिँह घर्तिमगर लाहुरे भनिने वृद्ध बाजे र उनिसंगै डोटि जिल्लाका साविक घाँङगल गाविस मुलेचौरका सिङविर सार्कीलाई  आँखामा कालो पट्टी अनि पछाडी हात बाधेर नेपाली सेनाले भासुको भिरबाट जिउँदै फालिदिए कुरा तेतिखेर स्कुलका साथिसंगिहरुबाट सुन्नेको थिए ।


लाहुरेका दुई छोरा युद्धमा मरे । उनका दुई छोराले युद्धमा गएर देश र जनताको लागि रगत बगाउन स्वभाविकै थियो तर छोरा युद्धमा होमिएकै कारण घरमै बसेका बुवा मारिनु के दोष थियो र रु यसरी माओवादी द्वन्दकालमा धेरै निर्दोष जनताले सास्ति पाए । कसैले आमा बुवा गुमाए,कसैले छोराछोरी गुमाए । धेरैले धेरै गुंमाए तर माओबादी आन्दोलन उठ्यो । कोही थाकेनन । कसैले घरपरिवारनै गुमाए ।

अनवरतरुपमा खटिएका सिपाहीहरु कसैले श्रीमती र कसैले श्रीमान गुमाएका छन । मिति २०६० मंसिर १६ गते कैलाली जिल्लाको साविक पण्डौन गाविस वार्ड नस् ३ खिमडीमा तत्कालीन माओवादी र नेपाली सेना बिच दिउसो ४ बजे देखि विहान ४ बजे सम्म निरन्तर ठुलो भिडन्त भयो । अर्धबार्षिक परीक्षाको सुरुकै दिन थियो । स्कुललाई केन्द्रिविन्दु बनाएर भिडन्त भयो । परीक्षा दिन पाएनौ । चारैतिरबाट बम र गोली मात्र बर्सिए । दुवै पक्षतिर ठुलै क्षति भयो । तेतिखेर गाउमा सबैले चिन्ने गरेका कैलालीका माओवादी निकटका बटालियन कमाण्डर दासीराम चौधरी( प्रहार )  कालिकोट जिल्लाका कम्पनी कमाण्डर कृष्णराज शाही  (कुशल), दार्चुला जिल्लाका कम्पनी कमाण्डर मानसिँह ठगुन्ना (समिल) सहित आदि धेरैले ज्यान गुमाएका थिए ।  

त्यो समयमा माओवादिका सेनाले मात्र ज्यान गुमाएनन । एक जना त्यंहीकै सर्वसाधरण तिलक वस्नेत भनिने व्यक्तिले समेत अनाहमा ज्यान गुमाउनु पर्यो । भिडन्त भएको एक महिना भित्र माओवादी पार्टीले घटना स्थल खिमडि स्कुलको प्राङगणमा  कार्यक्रम राखेको थियो । त्यस कार्यक्रममा सहिद प्रहारको श्रीमती(त्रिविणी) सुत्केरा भित्रकै बच्चा काखमा च्यापेर आउनुभयो । उहाँ पनि सेनामा हुनुहुदो रहेछ भन्ने । जब त्यो कार्यक्रममा उहाँलाई बोल्न स्टेजमा बोलाईयो । उहामा श्रीमान गुमाएको आलो घाउॅ थियो । मासको अगाडि आत्मबल बलियो बनाएर बोल्न त्यो अबस्था उहाँलाई सहज थिएन । उक्त कार्यक्रम मेरै स्कुलको प्राङगणमा भएको हुनाले तेतिखेर मैले स्कुल गएको बेला उहाँहरुको कुरा सुन्न र हेर्ने मौका पाएको थिए । म बालापनकै भए पनि हरेक घटना चाख पुर्वक सुन्न चाहन्थे जसको कारण मेरो स्मृतिमा ति दिनहरु सजिलै आउछन l त्यो बेला मान्न्छेहरुमा साहस जोश र बदलाको भावना थियो त्यो पक्कै पनि परिवर्तनको सुन्दर बिहानीको लागि हो ।

 सहिद पत्नीले मन थामेर आफ्नो श्रीमानले जनताको लागि बगाएको रगतले सम्पुर्ण उत्पिडित समुदायको अधिकार स्थापित हुने आशा बाड्नु भयो । शोकलाई शक्तिमा बदल्दै जनताको हक र अधिकारको निमित्त अझै लड्नुपर्ने विचार प्रकट गर्नु भयो । शोकलाई शक्तिमा बदल्नु त्यो क्रान्ति राप थियो । नयाँ विचारको ताप थियो । जसले अन्यायको विरुद्धमा लड्न सिकायो । जसकारण क्रान्तिकारीहरुले कष्टकर मृत्युको समाना गर्दै जिबन गुमाए । मर्नेहरुले अन्तिम शास रहे सम्मपनि सम्झिएनन घरपरिवार केवल सम्झिए समान र स्वतन्त्र नागरिक शासन पद्दति र सुनौलो उज्यालो घाम l अन्तिम सम्म देशको अमुल परिवर्तन र उत्पिडित समुदाय माथिको दमन थिचोमिचो र अत्याचार विरुद्ध धावा बोल्दै जिबनको अन्त्य गरे ।


म संगै पढ्ने मेरो मिल्ने साथीहरू खगि र निर्मला लगायत कतिपय कक्षा ६ मा पढ्दा पढ्दै माओवादी युद्धमा वि.स.२०६० तिर गए । साथिसंगिको उमेर मेरो त्यो समयमा साथिहरु युद्धमा होमिएको पिडा सम्झिन्छु । ती साथीहरू कहाँ छन । यो टेक्नोलोजीको समयमा पनि फेसबुक कुनै माध्यमबाट हाम्रो भेट हुन सकेको छैन । लाग्छ उनीहरुले मलाई मैले उनीहरु प्रत्येक्ष भेटे पछि झ्याप्पै चिन्न सकिदैन होला


 जसले समाज बदल्ने संकल्प बोकेर युद्धमा प्राण त्यागे ’em आज रहेनन । जसले युद्धमा होमिन विचारको खेती गरे उनि अझै जिवित छन । जसले हजारौ सहिदहरुको रगतमा आफ्नो व्यक्तिगत सपनाको विरुवा फलाउदै छन । गणतन्त्र र लोकतन्त्रलाई आफ्नो व्यक्तिगत मौजा र बपौती सम्झने कमरेडहरूको हालीमुहाली चलेको छ । बिधि र पद्दति भन्दा हैकम र आदेश फरमानको यूग शुरु भएको छ । पार्टी प्रणाली ध्वस्त छ । मुल्यांकन र उत्प्रेंरणा समाप्त भएको छ ।

क्रान्तिकारी मान्छेहरुको विचार कहाँ निर चुकेको छ र देशमा दिनानुदिन हत्या हिंसा भईरहदा क्रान्तिकारी मान्छेको मुखबाट अन्याय विरुद्दको आवाज किन आउदैन रगत र भावनामा बगेको क्रान्तिकारी विचार किन मौन छ ? अन्यायको विरुद्धमा रगत बगाउन चाहाने र अन्याय सहन नसक्नेलाई महिला हिंसा, बलत्काल र जातिय छुवाछुतको नरसंहार घटनाहरु सह्य नै छ र ? हजारौ पिडितहरुको अन्यायको आवाज आज रोडमा पुग्दा ती आमुलपरिवर्तनका संवाहकले न्यायको ’bout किन बोल्न चाहादैनन ?

हिजो जंगलबाट बोलेको आवाजले देश हल्लिएको थियो भने आज सत्तामा पुगेर क्रान्तिकारी विचार किन सेलाएको छ र? फेरि ठुला पार्टीका कार्यकर्ता सबै पदको आशामा नेताको मुख हेरेर बसेका छन । अन्यायको विरुद्धमा बोल्ने मुख थुनिएको छ । पछिल्लो समयको राजनितिले कार्यकर्तालाई पदिय स्वार्थमा कैदि बनाएको छ । जनतालाई अन्याय हुँदा कोहि बोल्दैनन । समाजमा बलत्कार र जातिय विभेदले उग्र हत्या र हिंसाको घटना घटाई रहेकोछ । जसमा ठुला पार्टी निकटका कार्यकर्ता र आफन्त जोडिएकै छन । अनि नेताका आफन्तले समाजिक घटना घटाउदा त्यहि पाटीका कार्यकर्ता पनि कसरी बोल्नु ? बोलेपनि मुस्किलैले पाएको पद पनि फुस्किने डर छ । समय अनुसार कार्यकर्तामा हुनुपर्ने क्षमता ह्रास  हुदै गएको छ ।

युद्धकालमा जबरजस्ती उत्पिडित समुदायका जनतालाई भिराईने पद शान्तिकाल देखि जो सँग धन छ । जो उत्पिडित समुदायको छैन, उसैको पहुँचमा पद छ । जसले माओवादी पार्टीलाई दलितको पार्टी  भन्थ्ये आज उनैले आफ्नो पार्टी भन्दै प्रमुख पद समालेका छन। उत्पिडित समुदायलाई सदस्य पद दिन पनि चिडाउछन् । नयाँ पद पाउँदा उनिहरुमा परिवर्तनको आभास भएको छ । तर जसको आँगनमा आसाको घाम लाग्नु पर्ने हो ’emको झुपडी भने सत्ता र परिवर्तनको ज्योतिबाट बन्चित, उपेक्षित छन l

 व्यक्तिगत जिवनशैलीमा परिवर्तन आएको छ । हिजो हिड्ने जंगल र आज हिड्ने शहर फरक छ। यसो भन्दा फेरि जनताको बस्ने ठाउँ उहि छ । समाज उहि छ । सामाजिक पिडा उस्तै छन। जो हजारौ वर्ष देखिको दलन  र कु शासनबाट मुक्त हुन चाहान्छन्  । समाजिक दमन,अन्याय र अत्याचारबाट स्वतन्त्र हुन चाहन्छन ।

अधिकारको अनुभुति गर्दै ठुलो शास फेर्न चाहान्छन् । समाज रुपान्तरणका नाममा पिडितले न्यायको अनुभूति गर्न नपाए पछि अब जनताको अबस्था बदलिन्छ र ?  हजारौं संख्यामा मानिहरु सडकमा आन्दोलित छन् । न्यायकै लागि पिडित सडकमा आउनै पर्ने । नआए घटनामा ठुलो चलखेल हुने यो नै राजनितिक संस्कार हो र ?  अपराधी भएपनि पार्टी निकटका मान्छे उम्किने जसको उदाहरण काभ्रेका अजित मिजार र लक्ष्मी परीयारका हत्यारा खुलेआम हिंडेका छन् ।


युगान्तकारीहरु सिंहदरबार पसेर उत्पिडित समुदायको मुद्दाहरुलाई रोड तिर फर्काईदिएका छन । जसको परिणामले समाजमा हत्या हिंसा बढेको छ । जातिय विभेदकारीले दलित मार्ने प्रश्रय पाएको छ । मायामा मृत्यु दण्ड उपहार बनेको छ । गैर दलित र दलितको प्रेम मानव बधको कारण बनेको छ l बलत्कारीले नाबालिका देखि वृद्धा महिला मार्ने निकै प्रोत्साहन पाएका छन् । जसमा हत्याको स्वरुप भित्र समाजिक, आर्थिक, शैक्षिक मध्ये राजनिति पनि एक हो । देश पुँजिवादीको नियन्त्रणमा चलेको छ । कसले सुनिदिने जनताको आवाज । पिडित जनता दिनदिनै आन्दोलित हुन विवश छन । जहाँ जनताको विचारले सिंहदरबारमा स्थान पाएको छैन् । स्थान युगान्तकारी मान्छेले मात्र पाए । अझै जनता माथि थिचोमिचो र दमन उस्तै छ । युद्घकालमा सहिदको सम्मानका लागि भनेर परालको गेट बनाउथे । वार्ड र गाविस लाई सहिदको नामबाट सम्बोधन गरिन्थ्यो ।दुर्भाग्य आजभोलि तिनै सहिदहरुको नामलिस्ट स्थानिय तहको


कार्यालयमा समेतभेटिन मुस्किल पर्छ । न त कम्युनिष्ट सरकारले सहिदहरुको नाममा एउटा सहिद गेट र सालिक बनाउन सकिरहेको छ । दून्दको अवधिभर मात्र पण्डौन गाविसलाई सहिद मन्सरा गाजस भनेर सम्बोधन गरिएको सुन्थ्यिो । आज उनको नाम हटाईएको छ किन् ? यो प्रतिनिधि घटना र स्थान मात्र हो देस भरि यस्तै स्थिति छ l हिजोको गौरबमय स्थिति र आजको नाजुक साशकीय क्षमता तुलना गर्न सकिन्न l यदपि रोमान्चक अतितले पिरोल्छ, सताउछ हामी जस्ता निष्ठामा बाँचेका सामान्य मान्छेलाई ? पोल्नु दुख्नु र डाह हुनुपर्ने सत्ता हाक्नेहरुलाई ?  जनयुद्द हान्क्नेहरुलाई हो l

 देशका विभिन्न ऐतिहासिक क्रान्तिको व्यवहारिक स्वरुपलाई विश्लेषण गर्दा के भन्न सकिन्छ भने जसको रगत र भावनामा क्रान्ति बग्दैन त्यसको विचारमा स्वार्थ लुकेको हुन्छ । जसले जन्ताको पिडालाई आत्मसाथ गर्न सक्दैनन । रगत र भावनामामा बग्न नसकेको क्रान्तिकारी विचारले जनताको भावना र मर्म समेट्न सक्दैन् । जसको रगतमा क्रन्ति बगेको छ उसले जनतामाथिको थिचोमिचो हेरेर बस्न सक्दैन् । आजको समस्या यही हो ।

(-नेपाली त्रिभुवन विश्व विद्यालय किर्तिपुरमा स्नातकोत्तर तहमा अध्ययनरत अनेरास्ववियु कि नेत्री हुन् । )