हातको चरा

सोच्दै नसोचे झैं गरी अचानक केटाकेटीहरुको हातमा एउटा राम्रो चरा प¥यो । रङ्गीचङ्गी प्वाँखहरु भएको त्यो चरा सानो तर मीठो सुसेली हाल्ने र आँखा तान्ने खालको आकर्षणले युक्त थियो ।

केटाकेटीहरु त्यति राम्रो चरा हात परेकोमा खुशीले उफ्रिरहेका थिए । ती चकचके भएर चरालाई पालैपालो हातमा लिएर हेरिरहेका थिए , खेलिरहेका थिए र त्यससित ठट्टा गर्दै चलिरहेका थिए ।
चल्दाचल्दै र खेल्दाखेल्दै चरा ’emको हातबाट फुत्केर भुर्रर उडिहाल्यो ।

हेर्दाहेर्दै त्यो चरा ’emको हातबाट पर एउटा हाँगामा गई बस्यो । त्यहाँ अन्य चराहरु पनि थिए । ती चकचके केटाकेटीहरु आफ्नो हातबाट फुत्केको चरालाई लिएर पटक्कै दुःखी भएनन् । बरु त्यसलाई बिर्सेर अब हाँगामा भएको अर्को राम्रो चरा समात्न उफ्रिरहेका छन् ।

ती केटाकेटीहरु मानौं उफ्रनासाथ कुनै पनि हाँगाको चरा सजिलैसित हात पार्न सकिन्छ भन्ने सोचेर उफ्रंदै थिए । तर चरा ’emको उफ्राइ भन्दा निकै माथि थियो ।
००