गोष्ठीहरुको देश

राजधानीको एउटा पाँचतारे होटलमा एक्काइसौं शताब्दीमा प्रवेश र चुनौती’bout एकदिने गोष्ठी भयो ।

अर्को चारतारे होटलमा साक्षरता अभियान र शैक्षिक गुणस्तर’bout छलफल चल्दै थियो । अर्को होटलमा चेलीबेटी बेचबिखन र नियन्त्रण’bout विचार–विमर्श हुँदै थियो ।

अर्को समारोहमा नेतृत्वको विकास र दलीय आचरण ’bout गहन छलफल चल्दै थियो ।

यसैगरी कुनै न कुनै दिन कहीँ न कहीँ पुनर्जलीय उपचार, प्रजातन्त्रको स्थायित्व र मतदानको महत्व, एड्स’bout जनचेतना, विपद् व्यवस्थापनमा राज्यको भूमिका, छोरीलाई पनि अँश, रोजगार प्रवद्र्धनमा सीपमूलक तालिम, परिवार नियोजन, घरेलु हिंसा, गर्भपतन वैध वा अवैध, भ्रष्टाचार नियन्त्रण तथा रासायनिक मल आपूर्ति र अभाव आदि विषयमा गोष्ठी, छलफल, प्रवचन तथा कार्यशालाहरु आयोजना हुँदै थियो ।

विश्व एक्काइसौं शताब्दीमा लम्किरहेको थियो । तर त्यही विश्वको एउटा मुलुक भने गोष्ठीहरुमा घस्रंदै एक्काइसौं शताब्दीमा पुग्ने गोरेटो खोजिरहेको थियो ।