ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा, बग्गीखाना सिल

काठमाडौं १८, साउन : दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ भने एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । शुक्रबार संक्रमण पुष्टि भएका ट्राफिकहरुलाई अस्पतालमा पठाइ सकिएको छ। महाशाखा प्रमुख ढकाल सहित ३७५ जना ट्राफिक ब्यारेकमै छन्। अहिले महाशाखालाई पूर्ण लकडाउन गरिएको छ।
१५ सय ४५ जना ट्राफिक प्रहरी मध्ये ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।
