चङ्गा

रत्नपार्कमा आन्दोलन गरिरहेका राजनीतिक दलका नेताहरुको विरोध भाषण चलिरहेको थियो । मञ्चमा विभिन्न दलका नेताहरु भाषण दिन पालो पर्खेर बसिरहेका थिए ।

पार्कको एउटा कुनामा केटाकेटीहरु खेलिरहेका थिए । त्यसैबेला त्यहाँ एउटा चङ्गा चेत आयो ।
एउटा केटाले भन्यो – ए, चङ्गा चेत आयो ।

खेलिरहेका केटाकेटीहरुको ध्यान त्यता गयो ।

चङ्गा चेत आएको देख्नासाथ केटाकेटीहरु खेल्न छोडेर चङ्गा समाउन दगुरादगुर गर्न थाले । हावाले चङ्गालाई जताजता डो¥याउँथ्यो त्यतात्यता केटाकेटीहरु दगुरादगुर गर्न थाले ।
बाटोमा हिंडिरहेकाहरु रमाइलो मानेर हेर्न थाले ।

केही बेर हावाले खेलाएपछि अन्ततः चङ्गा भुइँमा झ¥यो । चङ्गा भुइँमा झर्नु के थियो , त्यसलाई टिप्न दौडादौड गरिरहेका केटाकेटीहरुले चङ्गालाई झ्याप्पै छोपे । सबैलाई चंगा चाहिएको थियो । सबैको हात चङ्गामा थियो ।

चङ्गा एउटा तर त्यसलाई टिप्न खोज्ने केटाकेटीहरु भने धेरै । सबै त्यो चङ्गालाई आफ्नो एकलौटी गर्न चाहन्थ्ये । त्यहीकारण चङ्गामाथि हारालुछ भयो । चङ्गा च्यातच्युत भयो । सबैको हातमा चङ्गाको टुक्राटाक्री मात्र थियो ।