समारोहमा परेवा

’emले एउटा समारोहको आयोजना गर्दै केही सेता परेवाहरु आकाशमा उडाए । मुलुकमा हत्या हिंसा र आतंक बढिरहेको थियो । त्यसैले शान्तिको कामना गर्नु ’emले जरुरी ठाने । त्यसैको लागि ’emले परेवा उडाएका थिए । शान्तिको लागि यसरी परेवा उडाउन जरुरी ठान्ने व्यक्तिहरु थिए – केही नेताहरु, मानवअधिकारवादीहरु, समाजका प्रबुद्ध व्यक्ति, व्यापारी तथा नागरिक समाजका प्रतिनिधिहरु ।

परेवाहरु आकाशमा उडाइएपछि त्यसको कारण र निराकरण’bout सबैले केही न केही बोलिरहे । अब शान्तिले स्थायित्व पाउने, मुलुकमा शान्ति फैलने र अशान्ति हटेर जाने आशा र विश्वास व्यक्त गरिए ।

यता परेवाहरु शान्तिको नाउँमा आकाशमा माथि माथि उड्न थाले । ती शायद उड्ने तालीम प्राप्त परेवा थिए । आकाशमा उडाइएका परेवा भन्दा माथि केही चील र गिद्धहरु पनि उडिरहेका थिए । परेवा उडाउनेहरुले तिनलाई देखे वा देखेनन् थाहा भएन । तर त्यही आकाशमा शान्तिको कामना गर्दै परेवाहरु उडाइएका थिए ।

त्यसपछि ती परेवाहरुलाई के भयो त्यो त थाहा भएन । तर तिनलाई उडाउनेहरु भने कार्यक्रम सकेपछि त्यसको सफलता र उपलब्धि’bout तर्कवितर्क गर्दै आरामसँग घर फर्कन थाले । ’emले उडाइएका परेवाहरु’bout न चिन्ता लिए न त आकाशमा चील र गिद्ध पनि उडिरहेका हुन्छन् भन्ने तर्फ कुनै चासो नै देखाए ।