२०२० को ‘अक्टुबर सर्प्राइज’ले बिशेष सर्प्राइज गर्ने सम्भावना

ट्रम्पले चीनसंगको व्यापार सम्झौताको धोषणा गर्ने सम्भवना एकदमै रहेको छ । चीनविरुद्धको रेटोरिकले अमेरिकी मतदातालाई आर्कषित गर्न नसकेको प्रष्ट भै सकेको छ । अमेरिकी मतदाताले शाब्दिक रुपमा चीनको विरुद्ध वोलेर होइन कामको परिणाम चाहेका छन भन्ने बिषयमा ट्रम्प जानिफकार छन् ।


-भीम भुर्तेल

अब अक्टोवर महिनामा ट्रम्पले अमेरिकाले बार्षिक रुपमा २०० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी वस्तु आयात गर्ने र आगामी २० बर्षमा चीनले कबिर १.२ खर्ब डलर बराबरको अमेरिकी जहाज किन्ने र चीनका टेक्नोलोजी कम्पनिलाई अमेरिकामा प्रवेश दिनेसम्झौता गर्ने सम्भावना बलियो देखिन्छ ।

आगामी ३ नोभेम्वरमा हुने २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिंदै जाँदा संसारभरका राजनीतिका पंडितहरूले मतदानभन्दा अघिको ‘अक्टुबर सर्प्राइज’ के होला भन्ने अनुमान लगाउन थालेका छन ।

अमेरिकी राजनीतिमा ‘अक्टुबर सर्प्राइज’ एक मतदातालाई आफुप्रति आकर्षित गर्न वा विपक्षीप्रति बिर्कषित गर्न र विशेष गरी अमेरिकी राष्ट्रपति पदको दौडमा निर्वाचन परिणामलाई प्रभावित पार्ने एक मिडियावाजी हो ।

चारचार बर्षमा हुने अमेरिकी राष्ट्रपति चुनावको मिति नोभेम्बरको पहिलो हप्तामा सधैं हुन्छ । र मिडिया स्टन्टहरू प्रायः अक्टोबरको अन्ततिर गरिन्छ । निर्वाचनभन्दा केहि समय अगाडिका प्रयासले अमेरिकी मतदाताको राजनीतिक छनौटमा ठूलो असर पार्दछ । यस प्रकारको अन्तिम समयमा गरिने मिडियावाजीले चुनावको परिणाम नै बदल्ने गर्छ ।

रोनाल्ड रेगनको सन १९८० को निर्वाचन अभियान प्रबन्धक हुँदा विलियम केइसीले ‘अक्टुबर सर्प्राइज’ भन्ने शब्द पहिलो पटक प्रयोग गरेका थिए । रेगनले ‘अक्टुबर सर्प्राइज’को सहयोगमा सन १९८० को निर्वाचन दौडका लागि रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति पद हत्याउन सफल भए । यस’bout तल टिप्पणी गरिने छ । यद्यपि यो शब्दावलीको नामाकरण हालसालै भएको भए पनि यो अमेरिकी राजनैतिक इतिहासमा यो प्रकरण धेरै पहिलेदेखी जारी छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ‘अक्टुबर सर्प्राइज’ले जनमत सर्वेक्षण र अमेरिकी राष्ट्रपति चुनावको अन्तिम नतिजालाई कसरी उल्ट्यायो भन्ने केही उदाहरण यहाँ उल्लेख गरिन्छ ।

सन १९७२ को निर्वाचनमा रिपब्लिकन पार्टीका राष्ट्रपति रिचर्ड निक्सनले भियतनाम युद्धको बेलामा पुनः निर्वाचनको प्रतिस्पर्दामा थिए । डेमोक्रेटिक पार्टीका सिनेटर जर्ज म्याकगोभर भियतनाम युद्ध विरोधी चुनावी एजेन्डाको साथ राष्ट्रपति पदका लागि दौडमा थिए । उनी निर्वाचन अगाडिका जनमत सर्वेक्षणमा निक्सनभन्दा धेरै अगाडि थिए । अक्टुबर २८ मा निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिञ्जरले भियतनाममा “शान्ति हातैमा छ” भनेर आश्चर्यजनक घोषणा गरे । फलस्वरूप, निक्सनको चुनावी रैलीहरू भियतनाम युद्धको अन्त्य लेखिएका प्लेकार्डले भरिएका थिए । यथार्थमा, शान्ति कसैको हातमा थिएन, तर निक्सन भारी मतले पुनः निर्वाचित भए, विपक्षी उनभन्दा निर्वाचन पूर्वका जनमत सर्वेक्षणमा अगाडि थिए । म्याकगोभरले किसिञ्जरको उक्त घोषणालाई “क्रूर राजनीतिक वेइमानी” को संज्ञा दिए ।

त्यस्तै १९८० को चुनावी केन्द्रीय मुद्दा इरानमा रहेका अमेरिकी कुटनीतिक बन्धक संकट थियो । इरानको कट्टरतावादी शासनले ५२ जना अमेरिकी कट्टटनीतिज्ञलाई तेहरानमा रहेको अमेरिकी दूतावासबाट नोभेम्बर ४ १९७९ देखी बन्धक बनाएर राखेका थिए । रिपब्लिकन राष्ट्रपति पदका दावेदार रेगनले आफ्नो डेमोक्रेटिक विपक्षी जिम्मी कार्टरलाई कमजोर राष्ट्रपतिको रूपमा अर्थाउन बन्धक प्रकरणलाई प्रयोग गरे । सन १९८० को निर्वाचनको मिति नजिकिंदै जाँदा इरानले कार्टर प्रशासनसँगको वार्ता नै रोक्यो ।

कार्टरको राष्ट्रिय सुरक्षा टोलीका पूर्व ईरान विशेषज्ञ ग्यारी सिकको वर्णनअनुसार ईरानी प्रधानमन्त्री मोहम्मद अली रजाले अप्रत्याशित रूपमा कार्टर व्हाइट हाउसमा रहुँञ्जेलसम्म ईरानले बन्धकहरूलाई रिहा गर्ने र्छैन भनेर धाषणा गरे । यसको नतिजा स्वरूप, रेगनले १९८० को चुनाव महत्वपूर्ण अन्तरले जिते । इरानले बन्धकहरुलाई रेगनले राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिन रिहा गर्यो र त्यस दिन अमेरिकाले पनि इरानको ३ अर्ब डलर रोक्का गरेको सम्पति फुक्का गर्यो।

सबैभन्दा भर्खरैको ‘अक्टुबर सर्प्राइज’ सम्भवतः फेडरल ब्यूरो अफ इन्वेस्टिगेशनका तत्कालिन निर्देशक जेम्स कोमेले अक्टुबर २८, २०१६ मा अमेरिकी कांग्रेसलाई पठाएको एक पत्र थियो । २००९ देखी २०१३ सम्म अमेरिकी विदेशमन्त्री रहेको समयमा हिलारी क्लिन्टनले नीजि ईमेल सर्भर प्रयोग गरेको आरोपमाथि जुलाईमा प्रमाण नभेटिएको भनेर अनुसन्धान बन्द गरे पनि कोमेले एक काइते पत्र पठाउदै एफबीआईले नयाँ ईमेलहरू भेट्टाएको छ र हुन सक्छ इमेल प्रकरणमा जांचको लागि महत्त्वपूर्ण हुन सक्छ भने ।

चुनाव अभियानको मध्यमा भुइचालो आयो । क्लिन्टनको भ्रष्टाचार, बदमाशी र उनका विरोधी डोनाल्ड ट्रम्पले देशद्रोहीको रूपमा चित्रण गर्दा मतदाताहरूको ध्यान हिलारीबाट विर्कषित भयो । ‘अक्टुबर सर्प्राइज’ अगाडि क्लिन्टनले ४ प्रतिशत बिन्दुको फरकले आफ्ना प्रतिद्वन्द्वी ट्रम्पभन्दा अगाडि थिइन । उनलाई ४८ प्रतिशत मतदाताले मन पराएका थिए । ट्रम्पको पक्षमा ४४ प्रतिशत मात्र मतदाता थिए । यद्यपि अन्तमा ट्रम्पले चुनाव जिते, आश्चर्यजनक रुपमा ।

अहिले २०२० मा ट्रम्पको ‘अक्टुबर सर्प्राइज’ के हुने भनेर धेरै अनुमान सार्वजनिक भएका छन् ।

उदाहरणका लागि वासिंगटन पोष्टका स्तम्भकार म्याक्स बुटले भने कि घरेलु मोर्चामा ट्रम्पले कोविड–१९ महामारीको बिरूद्ध लड्ने योजना घोषणा गर्न सक्दछन । सहजै अनुमान गर्न सकिन्छ कि ट्रम्पले घोषणा गरे कि तेस्रो चरणको ट्रायल समाप्त हुनु अघि नै र खोपको अन्तिम स्वीकृतिको लागि आवश्यक प्रक्रिया नपुगि खोपलाई अनुमोदन गर्नेछन । उनी निर्दोष अमेरिकी मानिसहरूलाई आफ्नो चुनावी राजनीतिक लाभको लागि बलिको बोको बनाउन हिचकिचाउँदैनन । उनले खतरनाक साइड इफेक्ट हुन सक्ने एक अनिर्दिष्ट खोप लिन बाध्य पार्नेछन ।

बुटले विदेश नीतिको माध्यमबाट पनि ट्रम्पले अक्टूबर सर्प्राइज दिन सक्छन भनेका छन् । जस्तै जर्मनीबाट २६,००० अमेरिकी सेना फिर्ता लिन घोषणा गर्न सक्छन् । बुटले यो पनि भने कि ट्रम्पले अफगानिस्तानबाट ८००० अमेरिकी सेनाहरू फर्काउने आदेश दिन सक्छन् । त्यस्तै, उनले दक्षिण कोरियाबाट पूर्ण वा आंशिक सेना फिर्ताको घोषणा गर्न सक्छन ।

अर्कोथरी राजनीतिक टिप्पणीकारहरूले के अनुमान लगाईरहेका छन भने ट्रम्पले इरान आणविक सम्झौता जसबाट अमेरिका मे ८, २०१८ अलग भएको धोषणा गरेका थिए, त्यसलाई पुर्नस्थापित गर्न सक्छन । अथवा इरानमाथि हवाई हमलाको आदेश दिन सक्छन ।

केही राजनीतिक पण्डितले ट्रम्पले अलग भएको रूपमा उत्तर एटलांण्टिक सन्धि संगठनबाट पूर्ण सम्बन्ध विच्छेदको घोषणा गर्न सक्छन भन्ने अनुमान गरेका छन । न्यु योर्क टाइम्समा माइकल क्रोलीले हालसालै ट्रम्पको पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले प्रकाशित गरेको पुस्तक उद्धृत गर्दै के दाबी गरे भने ट्रम्पले बारम्बार नाटोको गठबन्धन छोड्न चाहन्छु भनेका थिए । क्राउलीकाअनुसार, बोल्टनको अनुमानमा ट्रम्पले मतदानको दिनभन्दा केहि पहिले नाटोबाट अमेरिकीको पारपाचुके भएको धोषणा गर्न सक्छन ।

मसँग नीजि इमेलमार्फत भएका विचार आदान प्रदानमा धेरै अमेरिकी र भारतीय डायस्फोराका विद्धानहरुले ट्रम्पले साउथ चाइना सिको कारणलाई लिएर चीनमाथि आक्रमण गर्छ भन्ने आशंका गरे । र, यसले विश्व शान्ति खलबलिन्छ भन्ने चिन्ता र चासो जाहेर गरेका छन् । मेरा विद्धान मित्रहरुको चासो जायज पनि होला ।

तर, यस बिषयमा मेरो अलि फरक दृष्टिकोण छ । ट्रम्पको २०२० ‘अक्टुबर सर्प्राइज’को ’boutमा भिन्न अनुमान छ । मेरो विचारमा, ट्रम्पले चीनसँगको नयाँ व्यापार सम्झौताको घोषणा गर्ने प्रबल सम्भावना छ ।

मेरो विचारमा ट्रम्पले चीनसंगको व्यापार सम्झौताको धोषणा गर्ने सम्भवना एकदमै रहेको छ । चीनविरुद्धको रेटोरिकले अमेरिकी मतदातालाई आर्कषित गर्न नसकेको प्रष्ट भै सकेको छ । अमेरिकी मतदाताले शाब्दिक रुपमा चीनको विरुद्ध वोलेर होइन कामको परिणाम चाहेका छन भन्ने बिषयमा ट्रम्प जानिफकार छन् । साथै ट्रम्पको छोरो डोनाल्ड जूनियरको बेइजिङ्ग बाइडेन अभिव्यक्ति पनि मतदातालाई आकर्षित गर्ने कमजोर प्रयास मात्र भएको छ ।

अर्कोतर्फ गत अगस्त १९ मा भएको अमेरिकी ब्यापार वार्ताकार र चीनका उपप्रधानमन्त्री वीचको टेलिफोन वार्ताले यो तर्कलाई बल दिन्छ ।

अब अक्टोवर महिनामा अमेरिकाले दक्षिण चीन सागरमा आक्रमण गर्नेभन्दा पनि बार्षिक रुपमा २०० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी वस्तु आयात गर्ने र आगामी २० बर्षमा चीनले कबिर १.२ खर्ब डलर बराबरको अमेरिकी जहाज किन्ने ट्रम्पले सम्झौता गर्ने सम्भावना बलियो देखिन्छ । त्यसको लागि चीनका टेक्नोलोजी कम्पनिहरुलाई अमेरिकामा व्यापार गर्ने र चीनका टेक्नोलोजी कम्पनिले अमेरिकी कम्पनिसँग पार्टपुर्जाको व्यापार गर्न पाउँने व्यवस्था गर्ने छन ।

सेप्टेम्वर ७ को एसिया टाइम्सको नेपाली भावानुवाद