‘प्रजा’ दुब्ला भया दरवार कमजोर हुन्छ

राजा वीरेन्द्रले ‘प्रजा’लाई बलिया र मोटा वनाउन सकेको भए दरवारलाई बलियो बनाउन सक्थे, आफै पनि जीवित रहन्थे र राजतन्त्र पनि नेपालमा बर्तमान नै रहन्थ्यो । अहिले राजा वीरेन्द्रको सम्झना गर्दा शक्ति र सत्तामा रहेकाहरुले जनता बलिया बनाए मात्र देश बलियो बन्छ भन्नेतर्फ ध्यान पुर्याउन सकेनन भने राजतन्त्र जस्तै विश्वको नक्सामा देशै इतिहास बन्ने सम्भावनालाई कसैले पनि नर्कान सक्दैन ।



“प्रजा” मोटा भया दरवार बलियो हुन्छ । राजा पृथ्वीनारायण शाहको सवैभन्दा धेरै प्रचलित उक्तिहरु मध्येको एक हो, यो कथन ।

नेपाल राज्यको जग बसालेपछि आफ्ना भावी सन्ततिलाई ‘स्टेटक्राफ्ट’ सम्वन्धि मार्गदर्शन होस भन्ने हेतुले राजा पृथ्वीनारायण शाहले केहि ‘टिप्स’ दिएका थिए । जसलाई दिव्य उपदेशका भनेर जानिन्छ । राजा पृथ्वीनारायण शाहका दिव्य उपदेश उनकै सन्ततिले कति पालना गरे भनेर खोज्ने हो भने उनको ११ औं पुस्तापछि उनले स्थापना गरेको राज्यबाट नै राजतन्त्र आफै इतिहासको बिषय वस्तु बन्न पुग्यो ।

राजा वीरेन्द्र’bout २०४६ साल अगाडिसम्म समयानुकुल राजतन्त्रलाई परिवर्तन र रुपान्तरण गर्न नसकेको वा नखोजेको भन्ने आलोचना हुन्थ्यो । ढिलै भए पनि जनताको आकांक्षा र परिवर्तित विश्व राजनीतिमा छाएको प्रजातान्त्रीकरण र उदारीकरणमा समाहित हुदै जनतालाई शासन गर्न दिने र आफु राज्य गर्न राजा वीरेन्द्र तयार भए, २०४६ सालमा । दरवार भित्रको अत्यन्तै ठूलो दवावका बावजुद उनको त्यो निर्णयले उनको व्यक्तित्व धेरै हदसम्म उचालियो । उनले राजदुत नियुक्ति, मोहमद मोहसिनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउँने बिषय र केहि अन्य बिषयवाहेकमा संवैधानिक राजतन्त्रको भूमिका सकारात्मक ढंगले नै गरेका थिए।



सम्यक मुल्याङ्ककनले मात्र कसैको व्यक्तित्वलाई यर्थाथ रुपमा प्रस्तुत गर्दछ । अति मुल्याङ्ककन कि चाकडी हो वा मानिसको देवत्वकरण गर्ने व्यक्तिपुजक दास मनोवृति हो । राजा वीरेन्द्रको समग्र व्यक्तित्वको समिक्षा गर्दा यो तथ्य लागु हुन्छ । समग्रमा राजा वीरेन्द्रको पछिल्लो व्यक्तित्व सम्माननीय र श्रद्धा गर्न लायकै थियो । वीरेन्द्र आफै एक असल मानिस, अनुभवी राजा, अभिभावकको रुपमा र राष्ट्रिय संरक्षकको रुपमा वीरेन्द्रको पछिल्लो व्यक्तित्व राष्ट्रियताको आधार र एकताको प्रतिक पनि थियो, २०४७ को संवैधानिक सिमाभित्र । भाइ र भारदारको दवाव झेल्न नसक्ने राजाका रुपमा पनि चिनिन्छन् ।

तर, राजा वीरेन्द्र’bout समाजमा जति नै सकारात्मक धारणा भए पनि उनकै पूर्वज राजा पृथ्वीनारायण शाहको दिव्यउपदेशको आलोकमा हेर्ने हो भने चाँही उनको शासनअवधि अत्यन्तै कमजोर मान्नु पर्ने हुन्छ । राजा वीरेन्द्रको वंशनाशको कारण उनकै शासनको विफलता हो । उनी जनतासंग अर्थराजनीतिक सम्बन्ध स्थापना गर्न असफल भएकोले गर्दा हो । उनले पञ्चायतको सर्वोपरि नेतृत्व गरेको समयमा झण्डै आधाभन्दा बढि उनका ‘प्रजा’ शिक्षा र स्वास्थ्य मात्र होइन बिहान बेलुकीको दुईछाक खाना, टाउको ओत लगाउने छत र जाडो छल्ने कपडाविहिन थिए ।

उनले २०४७ सालको शुरुवातमा सत्ता राजनीतिक दललाई हस्तान्तरण गर्दाको समयमा ५७ प्रतिशत बालबालिका कुपोशणको शिकार थिए । साउ अक्षर छिचोल्ने क्षमता ४८ प्रतिशतको मात्र थियो । उनैलाई मेरो देशको राजा हुन भनेर चिन्ने पाँच बर्ष उमेर नपुगी मर्ने दर, उनको लागि प्रजा जन्माई दिने आमाहरु प्रवसपिडाले मर्ने दर विश्वकै उच्च थियो । उनको देश रक्षा गर्ने प्रजाको औसत आयु मान्छेको सैद्धान्तिक आयुको आधा पनि थिएन । उनको शासनको तीस बर्षमा प्रजाको जीवनमा ल्याउँन सकिने परिवर्तन उनको सर्वोपरि नेतृत्वमा ल्याउँन असफल भएकै हो ।

राजा वीरेन्द्र र उनको वंशनास वास्तवमा राजा पृथ्वीनारायण शाहले भनेजस्तो प्रजा नै कमजोर, निम्छरा र दुव्ला भएकाले नै हो । अर्थराजनीतिक श्रोतसाधनको र राज्यले सिर्जना गर्ने अवसरमा आम जनता बञ्चित भएकोले प्रजा ज्यादै दुव्ला र निम्छरा भएका रहेछन् भन्ने निश्कर्ष निकाल्ने विश्लेषक गलत होइन । अल्पकालमा बन्द समाज, प्रजाको मुखमा बुझो लगाएर, विचार र अभिव्यक्तिलाई बन्द गरेर, चेतनालाई रोक्न खोजेर बलियो बन्ने प्रयास दिर्घकालमा राजतन्त्रको आफ्नै अन्त्यको कारण बन्यो ।

राजा वीरेन्द्रको प्रश्न कसले र किन राजा वीरेन्द्रको परिवारसहित कत्लेआम गर्यो भन्नेसंग होइन, त्यो अवस्था किन र कसरी निर्माण भयो भन्ने हो । राजाको आफ्नै दरवारमा सपरिवार कत्लेआम भयो । राजा पृथ्वीनारायण शाहको दिव्य उपदेशमा भनिए जस्तो यदि जनता खान पाएका थिए भने मोटाघाटा र हट्टाकट्टा, बलिया वाङ्गा भएका भए दरवार हत्याकाण्ड हुने थिएन । अर्थात देश आर्थिक सामाजिक प्रगतिको हिसावले अगाडि बढेको भए उनको यसप्रकारको त्रासदीमा मृत्यु हुने थिएन । ‘प्रजा’ कमजोर भएर दरवार कमजोर भएको हो भन्न ताल ठोकेर सकिन्छ । अहिले संसारमा राजतन्त्र टिकेको सवै आर्थिक सामाजिक रुपमा विकसित देशमा छ । भुटानको राजतन्त्रको नेतृत्वले हामीले गरेकोभन्दा चाडो प्रगति गरेको छ । आयको ‘क्राइटेरिया’मा नै यसै बर्ष भुटान अल्पविकसित देशबाट विकाशिल देशमा उक्लदै छ । भुटान सुचांङ्कमा नेपालभन्दा धेरै नै कमजोर थियो, सन १९६० मा ।



सामाजिकरसांस्कृतिक मानवशास्त्रले प्रत्येक सामाजिक–सांस्कृतिक प्रघटना भित्र असंख्य प्रतिकात्मक अर्थनिहितता रहेका हुन्छन भन्दछन् । ति पत्र–पत्रमा रहेका अन्र्तनिहित प्रतिकात्मक अर्थको ‘इन्टरपेटेशन’ गर्नुपर्दछ, आफ्ना आफ्ना सन्र्दभमा । यस हिसावले ‘प्रजा मोटा भया दरवार बलियो हुन्छ’ भन्ने राजा पृथ्वीनारायण शाहको दिव्य उपदेशको अन्र्तनिहित प्रतिकात्मक अर्थ हो, जनताको आर्थिक सामाजिक उन्नति र प्रगति हो । आम जनताको जीवनस्तरमा सुधार हो ।

जति धेरै जनताको जीवनस्तरमा प्रगतिमा जोड दिइन्छ त्यति नै जनता शक्तिशाली रहन्छन र देश बलियो हुन्छ, सरकार बलियो हुन्छ । जहाँ देश र जनता बलिया हुन्छन, त्यहाँ राज्य बलियो हुन्छ । राज्य वलियो भए दरवार स्वत बलियो हुन्छ । हाम्रो मुलुकमा अवसरमा समता, समानता र न्यायिकताको अभाव रहेछ । त्यो अभावको निर्माण र निरन्तरता पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेसंगै सुरु भएको, राणाकाल, पञ्चायती व्यवस्थाहुदै २०४६ सालपछिका बर्षमा प्रजातन्त्रपछिका बर्षहरुमा निरन्तर बढेको रुपमा बुझ्नु पर्ने हुन्छ । राजतन्त्रका पक्षपातीहरुले के बुझनु पर्छ भने जनता यति धेरै दुब्ला भएका रहेछन कि दरवार कमजोर मात्र भएन वीरेन्द्रको वंशनाशको ७ बर्ष पुग्न ४ दिन अगाडि नै देशैबाट दरवार इतिहास भयो ।

अहिले देशमा दरवार इतिहास भए दरवारले देशको शासन प्रशासन चलाउने बर्गलाई प्रतिनिधित्व गर्छ । र, यो देशको शासनमा रहने बर्गले के बुुझ्नु पर्छ भने मुलुक बलियो हुने भनेको पहिला जनता बलियो हुनु पर्छ । आफ्नो भाग्य र भविश्यको निर्माण आफै गर्ने उत्कट अभिलाषा रहेका जनताले आफ्ना सवै सम्भावनालाई उजागर गर्न पाउँने अवस्था निर्माण राज्यले गर्नु पर्छ हो ।

जसरी जनतालाई बलिया र मोटा वनाउन सकेको भए दरवारलाई बलियो बनाउन सक्थे, राजा वीरेन्द्रले । बर्तमानमा राजा वीरेन्द्रको सम्झना गर्दा शक्ति र सत्तामा रहेकाले जनता बलिया बनाए मात्र देश बलियो बन्छ भन्नेतर्फ ध्यान पु¥याउन सकेनन भने देशै इतिहास बन्ने सम्भावनालाई नर्कान कसैले पनि सक्दैन ।

राजा वीरेन्द्रको पुण्यतिथिमा पृथ्वीनारायण शाहले दिव्य उपदेशमा भनेको जस्तो जनता बलियो बनाउने कार्य गर्नतर्फ लागे राजा वीरेन्द्रको वंशनासबाट पाठ देशले सिकेको ठहरिने छ । वीरेन्द्रको पुण्यतिथीको अवसरमा उनी र उनको दिवंगत परिवारप्रति शव्द श्रदान्ञली ।





तस्विहरु : चन्द्रशेखर कार्की / सदृश्य

भीम भुर्तेलको यो विचार आज पनि सान्दर्भिक भएकोले पुन प्रकाशित गरेकाछौं – सम्पादक।

सन्दर्भ : दरवार हत्याकाण्ड