काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।