आइतबार काठमाडौं उपत्यकाका ५९७ सहित १०३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं, भदौ २८ : आइतबार काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा १०३९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।। 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ४८३, भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार ५१ पुगेको छ। संक्रमितमध्ये ३८ हजार ६९७ जना निको भएर घर फर्किएका छन्।

त्यसैगरी आइतबार ११ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ।