उपत्यकामा ८५९ सहित थप २०२० जनामा कोरोना संक्रमण

काठमाडौँ, २ असोज : पछिल्लो २४ घण्टामा नेपालमा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् । देश भरमा एकै दिन २ हजार बढी संक्रमित थपिएकाे पहिलाे पटक हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् । यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।