थप १२०४ मा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ७११

पछिल्लो २४ घण्टामा देशभर १ हजार २०४ मा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् । आज देश भर गरिएको परिक्षणमा ४०८ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४४७ जना संक्रमणमुक्त भई घर फर्केका छन।