अनुगमन गर्न गएको सरकारी टोलीले सदरमुकाम पुगेको २ दिन सम्म पनि मुख नखोल्नु रहस्यमयी : कांग्रेस नेता शाही


जनकबहादुर शाही
हुम्ला, अशोज–१० ।

चीनसँग जोडिएको सिमाना लिमी लाप्चा क्षेत्रको ललुङजोङमा नेपाली भुभागमा कब्जा गरि चीनले एकतर्फी रुपमा भवन निर्माण गरेर चीनले भवन निर्माण गरेको स्थान नेपालकै भएको नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले बताएका छन ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली जमिन कब्जा गरि भवन निर्माण गरेको हो । दुई देशको सिमाना भन्दा एक किलोमिटर नेपालभित्र पसी नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएर चीनद्वारा नेपाली सीमा मिचिएको वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली हुम्लाको सदरमुकाम सिमिकोट फर्किएको २ दिन भई सक्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएको प्रति नेता शाहीले आशंका व्यक्त गर्दै पहिलो पटक उक्त विवादीत भूमिका ’boutमा बोलेका हुन ।

जीवनबहादुर शाही

२०६६ सालमा नेपालले नेपाल–चीन सीमाना ग्याक्पु दोचासम्म सडक निर्माण गरेको स्मरण गर्दै सो क्षेत्र भन्दा यता नेपालपट्टी ललुङजोङमा चीनले भवन बनाएको उनले दावी गरे । सुरुमा दुई वटा भवन बनाइएको र त्यसको लिमीबासीले विरोध गरेपछि चिनियाँ पक्ष पछि हटेको थियो । अहिले आएर नेपाली भुभाग चीनले हड्पेको बताउँदै कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलका नेतासमेत रहेका शाहीले यसको व्यापक विरोध गर्नुपर्ने बताए । उनले भने, ‘चीनको यो विस्तारवादलाई सहेर बस्न सकिन्न। यसलाई राष्ट्रिय मुद्दा बनाउनु पर्छ । लाप्चा क्षेत्रको सबैे पाटन चीनले लिए लिमीमा मानिस बस्न र पशुपालन गर्न समेत नसक्ने उनको भनाइ छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेनाका सेनानी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लगायत दुई दर्जन बढीको अध्ययन टोलीले स्थलगत अध्ययन गर्न गएको टोली नफर्कर्दै परराष्ट्र मन्त्रालयले हतारोको टिप्पणी गर्नु सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण माग्नु र अर्कातर्फ स्थलगत अध्ययनको विवरण समेत सार्वजनिक गर्न गरिएको ढिलाईले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिनु स्वाभाविक हो । यसैले नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियत माथि गम्भीर प्रश्न खडा भएको जनाउँदै अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न कांग्रेस केन्द्रिय सदस्य समेत रहेका नेता शाहीले जोडदार माग गरेको छ ।

हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण रहस्यमा नराखि तत्काल सार्वजनिक गर्नु पर्ने भन्दै हराउदै नहराएको ११ नम्बर सिमा स्थम्भलाई हराएको भनेर बर्षेनि सिमा सुरक्षको बैंकका नाममा जिल्लाका सिडियो डिएसपिले आफु र आफ्ना परिवारलाई कैलाश मानसरोवर घुमाउने काम बाहेक अरु केही उपलब्धि नगरेका उनले बताए ।

पछिल्लो समय नेपाली भूमीमा चीनले मनलाग्दी आप्mना भवन निर्माण गर्नु स्थलगत अवस्था बुझ्न लोलुङजोङ पुगेको हुम्लाका सुरक्षा अधिकारीहरुलाई धम्काउनु, बार्ता नगरी फर्काउनु, भेटाईयोे भनिएको ११ नम्बर सिमा स्थम्भ पनि संकास्पद हुन, चीनिया दावी अघि स्थलगत अध्ययन गर्न गएको टोली मुख खोल्न नसकेरै फर्किनु र स्थलगत अध्ययन गर्न गएको टोलीनेता प्रमुख जिल्ला अधिकारीले २ दिन भई सक्दा पनि सिमाका’bout मुख नखोल्नु यि सबै घटनाक्र हेर्ने हो भने यस भित्र केहिन केहि रहस्यलुकेको नेता शाहीले बताए ।

यदि सो क्षेत्र चिनको हो भने चीनको सिमानाबाटे लिमि–लाप्चा रोड खन्ने क्रममा हाल चीनले भवन निर्माण गरेको लोलुङजोङ भन्दा झण्डै तीन किलोमिटर पर (चीनिया क्षेत्रमा) पर्ने गबुयांल्सादेखि नैं नेपालीलाई तिमिहरुको क्षेत्र हो भन्दै त्यतिबेला बाटो खन्न किनदियो र आलिे आएर सो क्षेत्रका ’bout किन बोली फेरेर पछिल्लो समय थप ९ वटा सुविधा सम्पन्न भवन निर्माण गरेर लोलुङजोङ भन्दा झण्डै डेड किलोमिटर नेपाल तिर आफ्नो हो भन्नु चिनीयाँ बिस्तारबादको प्राकास्ट हो ।