मंगलबार थप १ हजार ५१३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असोज : पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ।पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ।

यस्तै आज काठमाडौ उपत्यकामा ९३४ जनामा संक्रमण पुष्टि भएको छ ।