उपत्यकामा ९४३ सहित १९११ जनामा कोरोना संक्रमण

काठमाडौँ, १५ असोज : पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ। तीमध्ये काठमाडौं उपत्यकाका मात्र ९४३ जना रहेका छन् । जसमा काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जना रहेका छन्

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ७९ हजार रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यीसहित हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ।