शुक्रबार थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौँ, १६ असोज : पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६९६पुगेको छ । हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। यो संगै मृत्यु हुनेको कुल संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ ।