नयाँ खेल

त्यहाँ विचित्रको खेल भइरहेको थियो । चारैतिर मान्छेहरुको अराजक देखिने भीड थियो र बीचमा डबली जस्तो ठाउँमा चारपाँच जना सुकिलामुकिलाहरु एकापसमा भिड्दै थिए । हेर्दै ज्ञानी सोझा बुद्धिमान भव्य व्यक्तित्व भएका जस्ता देखिने ती मानिसहरु नयाँ नयाँ रंगीचंगी आकर्षक लुगामा थिए । ती एकापसका विचित्रको खेल खेल्दै थिए ।

एउटाले अर्कोको बाहुला उप्किने गरी तान्यो । यो देखेर एउटा समूह दङ्ग प¥यो । अर्को समूह खिस्रिक्क प¥यो ।

जवाफमा अर्कोले प्रतिपक्षीको कठालो समातेर तान्दा पछाडिको पातै उप्कियो । यसले एउटा समूहमा हाँसोको फोहरा छुट्यो ।

यसैगरी एउटाले हिलो ल्याएर छ्याप्प हान्यो । सेतो टिलिक्क परेको लुगा हिलाम्य भयो ।

यो देखेर हेर्नेहरु रमाए ।

बदलामा अर्कोले आएर हिलो छ्याप्नेको सुरुवालको इजार फुस्काइदियो । हेर्नेहरुले झन रमाइलो मानेर ताली बजाए । केही अधबैंसे महिलाहरु यस्तो दृश्य हेर्न नसकेर त्यहाँबाट हिंडे ।

डबलीमा बसेर विचित्र खेल खेलिरहेकाहरु स्वयं पनि अर्कोको अवस्थामा हास्यास्पद रुपले रमाइरहेका थिए ।

एकले अर्कोको लुगा च्यात्ने, सुरुवाल फुस्काइदिने, थुक्ने, हिलो छ्याप्ने, छड्के हालेर लडाइदिने जस्ता खेल भइरहेको थियो ।


’emको खेल हेर्दाहेर्दै दर्शकहरुलाई पसिना छुट्न थाल्यो तर ती भने अझै त्यस्तै खेल खेल्नमा मग्न थिए ।