उपत्यकाका १५९९ सहित थप २२५३ जनामा कोरोना संक्रमण

काठमाडौँ, १८ असोज : पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १५९९ जना उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको प्रवक्ता गौतमले बताए । यस अवधिमा १ हजार ३२९ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।

त्यस्तै आज थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ रहेको छ।