सोमबार थप २४४० जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौँ, १९ असोज : पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार ७८१ जनाको पिसिआर परीक्षण गर्दा २४४० जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ। थपिएका संक्रमित मध्ये १५३१ उपत्यकाका छन् । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएका छन्। यो सँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।