‘निजगढ विमानस्थलको निर्माण रोकिँदैन, वायु सेवा निगमलाई उठाउँछौं’– मन्त्री भट्टराई


काठमाडौं । दक्षिण एशियाकै हब बनाउन लागिएको निजगढ अन्तर्राषि्ट्रय विमानस्थलको भविष्य के हुने भन्ने बहस सुरु भएको छ । स्वीस ठेकेदार कम्पनीले अलगि्गने मनसाय देखाईसकेकाले यस्तो बहस सुरु भएको हो । यस’bout सरकारले कुनै ठोस निर्णय गरिसकेको छैन । तर प्रश्न उठिरहेको छ अब के हुन्छ ?


उच्च पहाडी स्थानहरुमा भ्यू टावर बनाउने होडबाजी चलिरहेको छ, जसलाई बिकासको सबैभन्दा हाँसउठ्दो काम भनेर व्यंग गरिएको छ । पहाडको उचाईबाट नै वरिपरीको हिमश्रृंखला मात्र होइन तराई मधेशका फाँट समेत दशर्न गर्न सकिने सुविधा हुँदाहुँदै लहडका भरमा किन अनावश्यक र अनुत्पादक खर्च गरिएको हो ?


यसमा सरकारको विभागीय मन्त्रालय के भन्छ ?


पर्यटकीय गन्तव्यको सम्भावना भएका स्थानहरुमा किन बन्दैनन् विमानस्थल ? चालु अवस्थामा रहेका विमानस्थल पनि बिस्तारको सम्भावनालाई किन गरिँदैन कार्यान्वयन के ले रोकेको छ यस्तो काम गर्न ?


सधैं विवादमा रहीरहने नेपाल वायु सेवा निगमको उध्दार गर्न सरकारसँग के छन् त योजनाहरु ? किन उठ्न सकेन यो निगम विवादको भासबाट, के हो यसको कारण र कारक तत्व ?


यी र पर्यटनसँग सम्बध्द अरु प्रश्नहरुको जवाफ दिएका छन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दृश्य टेलिभिजनसँगको कुराकानीमा ।


मन्त्री भट्टराईको सोझो भनाई छ– ‘लहड र रहरका भरमा जथाभावी विमानस्थल बनाउनु हुँदैन, भविष्यको लेखाजोखा नगरी यस्तो काम हुन दिन्न ।’


यसरी विमानस्थल शिलान्यास गर्दै छोड्नाले बजेट फसेको र अर्कै प्रयोजनमा उपयोग भैरहेका जमिन पनि ओगटिएर नोक्सान भएको मन्त्री भट्टराईको बुझाई छ ।


थप विवरण थाहा पाउन हेरौं दृश्य टिभी-