एसियन नाटो क्वाडको गर्भमै तुहेको प्रतित
बहुचर्चित र बहुप्रतिक्षित क्वाडको दोस्रो मन्त्रीस्तरीय बैठक टोक्योमा गत मंगलबार सम्पन्न भयो ।
अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ, अष्ट्रेलियाका विदेश तथा व्यापारमन्त्री मारिसे पाइन, भारतका बाह्य मामिला मन्त्री सुव्रमन्यम जयशंकर, जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीवीचको यो सम्मेलनपछि पहिला जस्तै एक संयुक्त वक्तब्यसमेत ननिकाली समाप्त भयो ।
चारै देशका विदेश मन्त्रालयले आफ्नो आफ्नो देशको फरक फरक विज्ञप्ति निकाले । सवै देशको वक्तब्यको पूर्णपाठलाई गम्भीर रुपले विचार गर्ने हो यी सवै देशले क्वाडलाई अहिलेको लागि डाउनप्ले गरेको देखिन्छ ।
यो बैठक सेप्टेम्वर महिनामा मै भारतको नयाँ दिल्लीमा अझै व्यापकतामा आयोजना गर्ने कार्यक्रम थियो । अर्थात सवै देशबाट विदेशमन्त्री र रक्षा मन्त्रीले भाग लिने २+२ को फरमेटमा । महत्वपूर्ण बिषय त के हो भने गत अगस्तमा अमेरिकाले क्वाडलाई एसियन नाटोमा परिवर्तन गर्ने लक्ष्य रहेको थियो । केहि बिश्लेषकले यस कदमलाई चाहिनेभन्दा धेरै गरेको रुपमा पनि अर्थाएका छन् ।
तर भारत सेप्टेम्बरमा उक्त बैठक नयाँ दिल्लीमा आयोजना गर्ने कार्यबाट पछि हटेको थियो ।
भारतपछि हटेपछि इज्जत जोगाउनको लागि यो बैठक आयोजना गर्नै पर्ने दवावमा थिए । जापानमा सत्ता परिवर्तन लगत्तै यो बैठक गत अक्टोवर महिनाको ६ तारिखमा होस्ट गर्न जापान तयार भयो ।
यसरी दिल्लीबाट टोक्योमा सरेको उक्त बैठकको समाप्तीमा संयुक्त बक्तव्य जारी नहुनु, चारै देशले छुट्टाछुट्टै बक्तव्य जारी गर्ने र जारी वक्तव्यहरुको भाष्यलाई हेर्दा क्वाडको चारैपक्ष यो संस्थालाई हाललाई मुल्तबीमा राख्न चाहान्छन भन्ने स्पष्ट रुपमा देखिन्छ । क्वाड एसियन नाटो गर्भमा नै अहिलेलाई तुहेको जस्तो देखिन्छ ।
चारै देशको स्तर र क्षमताअनुसार क्वाड डाउनप्ले गर्ने यथोचित कारण रहेका छन् ।
पहिलो, अमेरिका पनि अहिले ब्यापार युद्ध र प्रविधिको युद्धमा चीनसंग पराजित हुदै गएपछि चीन नीतिमा परिमार्जन चाहान्छ । राष्ट्रपति डोनाल्ड ट्रम्प चीन विरुद्धको अमेरिकी रेटोरिकलाई अमेकिी मतदाताले भरपर्दो विकल्पमा लिएनन । चीन विरुद्धको शाब्दिक लडाईले अर्थतन्त्रका वास्तविक समस्या सम्वोधन गर्न सकेनन् । यसको उल्टो अमेरिकाका प्रत्येक घरधुरी कबिर १००० डलरको डेडवेट लस व्यर्होनु प¥र्यो । अहिले अमेरीकी कार्यकारिणीको निर्णय विरुद्ध करिब ३००० कम्पनीहरुले करिब ३०० अर्ब डलरको छतिपुर्तिको रिट दायर गरेका छन् ।
ब्यापार युद्दले वान्छितभन्दा अवान्छित परिणाम धेरै ल्याएकोले ट्रम्पको लोकप्रियता खस्केको छ । निर्वाचन जित्ने हो अब चीनसँग व्यापार र प्रविधि युद्ध होइन अमेरिकालाई आर्थिक फाइदा रोजगाी सिर्जना व्यापार र लगानी बढाउने सम्झौता मात्र विकल्प हो । अहिले अमेरिकी रणनीतिकारहरु मा यो रियलाइजेसन भएको जस्तो देखिन्छ । अक्टोवर सरप्रजाइज अब चीनसँग सम्झौता गरेर मात्र हुन्छ भन्ने निश्कर्षमा पुगेको देखिन्छ । अमेरिकी विदेशमन्त्रीले भाषण जे वोले पनि स्टेट डिर्पाटमेन्टको वक्तव्यमा अमेरिकी पनि क्वाडलाई डाउन प्ले गर्न चाहान्छ जस्तो स्पष्ट प्रतित हुन्छ ।
दोस्रो, अष्ट्रेलियाले अमेरिकी दवाव थेग्न सकेको थिएन । यो देश लतारिएर क्वाडलाई नाटो बनाउने अमेरिकी दवावको पछि लागेको थियो । तर चीनको रिटालियेटरी मेर्जसले अष्टे«लियन अर्थतन्त्र नै चौपट हुने सम्भावना रहेको थियो । चीनले विफ, वार्ली, विधार्थी, पर्यटकदेखी अष्ट्रेलियन इन्धन, विभिन्न धातुको ओर र वाइनसम्ममा प्रतिबन्ध लगाउने सम्भावना रहेको छ । त्यसले अष्ट्रेलियालाई पनि क्वाडको पछाडि लाग्ने बाध्यता थियो ।
तेस्रो, त्यस्तै क्वाड जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको ब्रेन चाइल्ड भएपनि जापान अनावश्यक जोखिम मोल्न चाहादैन । उसका उच्च प्रविधिका कम्पनिहरु चीनको बजारबाट लाभ लिने समयमा वेफाइदाको अनावश्यक युद्ध चाँहादैनन् । जापानको हालै भएको सत्ता परिवर्तनलाई पनि जापानको अनावश्यक सैन्यकरण र युद्धतर्फ धकेलिन नचाहेको रुपमा लिइन्छ ।
अन्तिम, अहिले सवैभन्दा दवाव भारतमाथि परेको देखिन्छ । अमेरिकाले क्वाडलाई एसियन नाटोमा परिवर्तन गर्ने स्पष्ट योजना बनाएको थियो । अमेरिकी उच्च अधिकारीहरुले गत अगस्त महिनामा यो योजनालाई सार्वजनिक गरेपछि चीनको कडा प्रतिक्रिया आयो ।
भारत क्वाडलाई एसियन नाटो बनाउँन सवैभन्दा सकारात्मक रहेको थियो । भारत चीन कोरोना भाइरसको महामारीको कारण आर्थिक रुपमा धरासायी बन्न र यसै वेलामा सन १९६२ को युद्धको बदला लिने योजनामा थियो । साथै चीनको आर्थिक, सैनिक र सामरिक विस्तारमाथि लगाम लगाउने र चीनको विकासमाथि बाधा खडा गर्न सकिन्छ भन्ने विश्वास थियो ।
तर, चीनले मार्च महिनामा नै कोरोनाको माहामारी नियन्त्रणमा आयो । यसको विपरित भारत र चीन जुन जुलाईमा चपेटामा आए । अर्थतन्त्र नसोचेको स्तरमा घराशायी भयो । अप्रिल र मे महिनामा बनेका भारतीय र अमेरिकी रणनीति काम नलाग्ने स्थितिमा पुगे ।
यता चीनले भारतमाथि पहिला गरिएका सम्झौताप्रति जवाफदेयी बनाउन लघाखमा गत मे महिनाको पहिलो साताबाट नै निरन्तर दवाव बनाई रहेको थियो र अहिले पनि निरन्तर दवाव बनाई रहेको छ । उक्त दवावको वीचमा गत जुन १५ मा भएको हिंस्रक झडपमा परेर २० भारतीय र अज्ञात संख्यामा चिनियाँ जनमुक्ति सेनाका जवानहरुले ज्यान गुमाएका थिए।
भारले चीनमाथि आर्थिक प्रतिबन्धहरुको धोषणा गरयो । २०० जति चाइनीज एपहरु पनि प्रतिबन्ध लगायो । भारतमा मास हिष्टेरिया जस्तो चीन विरुद्ध सञ्चार माध्यममा प्रचारबाजी गरियो । धेरै वेवकुफ भारतीयले हेर्दाहेदै गरेको टेलिभिजन सेट सडकमा फुटाए । तर, चीन टसमस भएन । दवाव निरन्तर कायम राख्यो ।
हिउँद प्रारम्भ हुनु अगाडि नै चीनको पाता फर्काइ सक्ने भारतीय रणनीति थियो । तर, चीनले भारतीय दवावलाई हदैसम्मको नजर अन्दाज ग¥यो । भारतसंग चीनमाथि आक्रमण गर्ने वाहेकका सवै विकल्प सकिए । तर सेप्टेम्वरको पहिलो हप्तासम्म पनि चीनले वाल मतलब नदिएपछि भारत दवावमा आयो । ’cause लधाखमा हिउँदमा तापमान माइनस ४० डिग्रीसम्म पुग्छ ।
विगतको घटनालाई हेर्ने हो भने सियाचीनमा युद्धमा भन्दा चिसोको कारण भारतीय सैनिकको मृत्यु दोव्वर रहेको छ । अप्रर्याप्त तयारीको कारण भारतलाई आफ्ना सैनिक जोगाउँने चुनौति छ । भारत उसले लधाखमा तैनाथ गरेको धेरैभन्दा धेरै सैनिक लधाखबाट तल ओराल्न चाहान्छ । चीन भारतको यसै कमजोरीलाई टेकेर दवाव कायम राखि रह्यो ।
यसैको परिणाम गत सेप्टेम्वर १० मा सांधाई कोअपरेशन अर्गानाइजेशनको मस्कोमा रक्षा तथा विदेशमन्त्रीको बैठकको साइड लाईनमा भएको चीन र भारतका विदेश मन्त्रीस्तरको बैठकको सहमतिको पहिलो बुँदाले आत्मसात गरेर चीन र भारतीय नेता विचको २०१८ र २०१९ को शिखर वार्ताको भावना चल्नेअनुसार भारत उक्त बैठक होस्ट गर्ने कार्यबाट पछि हटेको थियो ।
मस्कोमा भएको सहमतिपछि पनि चीनले भारतमाथि दवाव निरन्त बनाई राख्यो । यसले भारत क्वाडलाई डाउनप्ले गर्न बाध्य भयो ।
यो बैठकको टेकअवे चारै देशको लागि खासै केहि पनि छैन । पुरानै सहमतिको पुर्नअभिव्यक्ति मात्र हो । क्वाडका चारै पक्षहरुले एकसाथ डाउनप्ले गरेको देखिन्छ । क्वाडलाई एसियन नाटो बनाउने र चीनलाई कन्टेन गर्ने होहल्ला गर्भमा तुहेको बच्चा जस्तो परिर्वतन भएको छ ।
भुर्तेलको यो लेख एसिया टाइम्सको अक्टोवर ९, २०२० मा प्रकाशित लेखको भावानुवाद हो । अंग्रेजीको लेख पढन यहाँ क्लिक गर्नुहोला ।