कोरोना संक्रमित सचेतक शान्ता चौधरीलाई आइसियूमा सारियो

चार दिनको उपचारले उनको स्वास्थ्यमा सुधार हुन नसकेपछि कोरोना भाइरसबाट संक्रमित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीलाई आइसियूमा सारिएको छ।
शुक्रबार राति उनलाई वीर अस्पतालको आइसियूमा सारिएको छ।
कोरोना पुष्टि भएपछि चार दिनदेखि उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।
शुक्रबार राति श्वासप्रश्वासमा समस्या आएपछि उनलाई आइसियूमा सार्नुपरेको हो।
२०७० सालमा स्तन क्यानसरको उपचार गराएकी चौधरी गत वर्ष लामो समयसम्म डेंगीका कारण विरामी परेकी थिइन।
डेंगीबाट निको भएकी उनमा त्यसपछि दमको समस्या सुरू भएको थियो, जसका कारण घरमै अक्सिजन लिने अवस्था सुरू भएको थियो।
आइतबार ज्वरो आएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन् भने उनलाई असोज १९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
गएको सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो।
