कर्णाली विवादमा ओली-प्रचण्डबीचको सहमति’bout दुईथरि प्रेस नोट

काठमाडौं, कात्तिक ४ : कर्णाली प्रदेशमा उत्पन्न विवाद समाधान गर्ने विषयमा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबी विवाद देखिएको छ।
मंगलबार बालुवाटारमा कर्णाली प्रदेशमा उत्पन्न विवाद’bout अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको थियो। अध्यक्षद्वय ओली र प्रचण्डबीच कर्णाली विवाद’bout चार बुँदे सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले कर्णाली विवाद समाधान’bout दुई अध्यक्षबीच चार बुँदे समझदारी भएको औपचारिक प्रेस नोट जारी गरेपछि अर्का अध्यक्ष प्रचण्डको सचिवालयले त्यसलाई खण्डन गरेको छ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल प्रधानमन्त्रीका प्रेस सल्लाहकारले विज्ञप्ति जारी गरेजस्तो सहमति नभएको बताएका छन्।
उनले दुई अध्यक्षबीच मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको बताएका छन्।
तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफलमा चार बुँदे सहमति भएको दाबी गरेका छन्।
थापाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत रूपमा सचेतकमा कायम गर्ने, मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने समझदारी भएको लिखित दाबी गरेका छन्।
थापाले कतिपय सञ्चारमाध्यममा आएको जस्तो गरी छलफल र सहमति नभएको दाबी पनि गरेका छन्।
१. प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोट :
सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” बीच आज बिहानको भेटघाटमा भएकाे सहमति निम्नानुसार रहेकाे जानकारी गराउन चाहन्छु :
१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२) प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३) मुख्यमन्त्रीविरूद्द दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने र
४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।
यस ’boutमा आजका कतिपय सञ्चारमाध्यममा आएकाेजस्ताे गरी छलफल र सहमति नभएकाे सबैकाे जानकारीका लागि अनुराेध गर्दछु ।
सूर्य थापा
प्रेस सल्लाहकार
४ कात्तिक २०७७
२. प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जारी गरेको प्रेस नोट :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो । उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यस’bout कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।
विष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय
