महालक्ष्मी नगरपालिका लामाटारका स्थानिय बाली भित्र्याउन व्यस्त (भिडियो फिचर)

यसवर्ष आमनागरिकमा कोरोनाले निकै त्रास फैलाएपनी, किसानलाई भने सधैंजसो बीउ, मल, सिंचाइकै अभावले त्रास दिइरह्यो ।

गत असारमा महामारी र लकडाउनकैबीच काँठ क्षेत्रमा रोपाइँ पनि भयो । हाल उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ भएको छ । यस्तो प्रतिकूल समयका बावजुद खेती किसानी गर्नेहरूलाई अहिले बाली भित्र्याउन भ्याइनभ्याई छ ।

दृश्य टिभीले ललितपुरको लामाटारमा बाली भित्र्याउँदै गर्दाको श्रव्य दृश्य सामाग्री तयार पारेको छ । हेरौं यो रिपोर्ट ।