लकडाउन’bout वायुसेवा सञ्चालक संघको विमति

केही दिनदेखि फेरि लकडाउन बन्दाबन्दी गर्ने समाचारहरु आइरहेका छन् । ६ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि स्थिल बनाउनु आ-आफ्नो जिम्मेवारीबाट पन्छिनु मात्रै हो ।

कडा लकडाउनका बीच पनि संक्रमितको संख्या धेरै बढ्ेको तथ्यांक हामी सबैलाई थाहा नै छ ।

सुरक्षित तथा सुनिश्चित उपायहरु अपनाई संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने संसारभरि प्रमाणित नै छन् । अधिकांश संक्रमितहरु दुई साताको अन्तरालमा निको भई नियमित कार्यमा फर्केका छन् ।

करोनाबाट सम्भावित मृत्युदरलाई घटाउन पूर्वाधार तथा थप जनशक्ति परिचालन गर्नु पहिलो आवश्यकता हो । यसतर्फ सम्बन्धित निकायहरु थप सम्वेदनशील हुन जरुरी छ ।

पर्यटन, यातायात तथा हवाईसेवालगायतका अन्य व्यवसायहरुलाई ठप्प बनाउने कार्य फेरि गरिनु हुँदैन । यसले आम नागरिकको आयमा फेरि बन्देज लगाउने छन् । हवाई कम्पनीहरु रु. ६ अर्बभन्दा बढी घाटामा गईसकेका छन् । यसलाई फेरि थप व्ययभार थप्नु अनुचित हुनेछन् ।

पर्यटन मन्त्रालयले मंसिर १ गतेदेखि आन्तरिक पर्यटकीय गतिविधि पनि शुरु गरिसकेको छ, जसको प्रारम्भिक नतिजा अत्यन्तै उत्साहजनक रहेको छ । ट्राभल एजेन्सीहरुले विभिन्न होलिडे प्याकेज तथा ट्रेकिङहरु धमाधम बुकिङ कन्फर्म गरिराखेका छन् । यसलाई पुनः रोकिनु हुँदैन ।

मास्कको प्रयोग, सामाजिक दुरीको ख्याल संक्रमणरहित सरसफाई नै करोना हराउने मुख्य हतियारहरु हुन् । यसलाई अझ बढीसे बढी जनचेतना तथा कानुनी दण्डसजाय हुने गरि लागु गर्नुपर्छ । तसर्थ फेरि लकडाउन गर्ने कुराप्रति हाम्रो ठूलो विमती रहेको छ ।