ओलीले देउवाको साथ खोजेकै हुन् !
काठमाडौं, मंसिर ७ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच करिब तीन घन्टा छलफल भएको हो।
पार्टी भित्र विवाद बढिरहेको समयमा प्रधानमन्त्री ओलीले संवैधानिक आयोगमा रिक्त रहेका पद र विश्वविद्यालयका पदाधिकारी नियुक्ति’bout छलफल गनै सभापति देउवालाई बोलाएका थिए।
छलफलमा नेकपामा पछिल्लो समय देखा परेका विवाद’bout पनि छलफल भएको स्रोतले बताएको छ। छलफलमा सभापति देउवासँगै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र उपप्रधानमन्त्री ईश्वर पोखरेलको समेत सहभागिता रहेको स्रोतले बताएको छ।
स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले नेकपा विभाजनको अवस्थामा आफ्नो सरकारलाई निरन्तरता दिने विषयमा कांग्रेसको साथ खोजेका थिए । तर, देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने वचन नदिएको बताइएको छ।
ओली देउवाबीचको भेट’bout दुबै पक्षले कुनै औपचारिक जानकारी दिएका छैनन्।

