मेरो उल्का अनुभव (भिडियो)

-उज्ज्वल थापा

-उज्ज्वल थापा

नासो नेपालका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश भट्टराई सरले लेखेको जानकारीबाट मैले उल्का बर्षाको ’boutमा पूर्व सूचना पाइसकेको थिएँ। म उल्का बर्षा को रमणीय दृश्य हेर्न कै लागि आफ्नो दैनिकी सकाएर बसेको थिए ।  

उल्का बर्षाको हेर्न र सके भनी फोटो तथा भिडियो खिच्नकालागि मैले राती नसुती हेर्ने निधो गरे । साँच्चिकै भन्ने हो भने म सँग राम्रो डि एस् ल् आर क्यामरा पनि थिएन तर मैले जानकारी पाए अनुसार त्यो उल्का बर्षा नाङ्गो आँखाले पनिदेख्न सकिन्छ र मेरो फोनबाट नै भये पनि खिच्छु भन्ने थियो। मैले क्यामरालाई टेबलमा राखेर खुल्ला सफा आकाशको अवलोकन गर्न थाले ।  

मैले धेरै उल्का हरु झरेको देखे तर कुनै पनि क्यामरा मा आएन । तर पनि म जसरी भए पनि खिच्छु भन्ने थियो । समय लग्भग राती को १२:१० जस्तो भको थियो र म ९:३० देखी बसेको हुँदा चिया पकाएर खान तल किचन म गएको थिए। चिया लिएर माथि छतमा आउँदा मेरो आँखाको नजिकै बाट एउटा उल्का झर्यो हतार हतार मैले मोबाइलको क्यामेरामा सबै भिडियोहरु सुरु देखी हेर्न लागें नभन्दै त्यो अमुल्य दृश्य क्यामरा मा कैद भएछ। अनी चिया को चुस्की सँग भिडियो कैद भएको खुशीमा मेरो स्कुलको बिज्ञान शिक्षक धिरेन्द्र महतो सरलाई त्यो रमणीय दृश्य सेयर गरें ।