नेफेजको साधारण सभा पहिलो पटक आफ्नै भवनमा सम्पन्न
काठमाडौं, पुस ३— नेपाल वातावरण पत्रकार समूहको ३५ औं साधारणसभाले सर्वसम्मतबाट कसमस विश्वकर्माको अध्यक्षतामा दुई बर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले कोभिड १९ महामारीका कारण भर्चुअल मिटिङ मार्फत साधारणसभा सम्पन्न गरेको हो ।
शुक्रबार सम्पन्न साधारण सभाले अध्यक्ष विश्वकर्मासहित उपाध्यक्षमा चन्द्रशेखर कार्की, महासचिवमा निमेष रेग्मी, सचिवमा प्रगती ढकाल, कोषाध्यक्षमा सविन शर्मालाई चयन गरेको हो । यसैगरी सदस्यमा महिला तर्फ सृष्टि काफ्ले र सुजाता कार्की, पुरुष तर्फ छेटु शेर्पा र रविन सायमीलाई चयन गरेको छ भने विज्ञ सदस्यमा महिला तर्फ मधुदेवी घिमिरे र पुरुष तर्फ बटुकृष्ण उप्रेती चयन गरेको छ । यसैगरी लेखा समितिमा गोपाल तिवारीको संयोजकत्वमा सोमनाथ लामिछाने र रञ्जना पौडेल चयन गरिएको छ ।
यसैगरी समूहले यस बर्षको वातावरण पत्रकारीता पुरस्कार आयोमेलमा कार्यरत पत्रकार यम बमलाई प्रदान गरेको छ । समुहका नवनिर्वाचित अध्यक्ष विश्वकर्माले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । नयाँ कार्यसमितिमा विज्ञ महिला सदस्य घिमिरे र महिला सदस्य सृष्टि काफ्लेबाहेक अन्य पदाधिकारी तथा सदस्य अघिल्लो कार्य समितिमा पनि हुनुहुन्थ्यो ।
यसैगरी साधारणसभाले समुहका तत्कालित सदस्य मुराहरी शिवाकोटीलाई मानार्थ सदस्यता प्रदान गरेको छ ।
साधारण सभामा गत एक वर्षमा भए-गरेका कामकारबाही ’bout महासचिव निमेष रेग्मी, आयव्याय विवरण कोषाध्यक्ष सविन शर्माले तथा लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक गोपाल तिवारीले प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदनहरु भर्चुअल सभामा छलफलपछि पारित गरिएको थियो । यसैगरी सचिवालयले ल्याएको अन्य प्रस्तावहरु पनि पारित भएका छन् ।

