पीर

वर्षमा एकपटक गाइजात्रा हुन्छ नै
तर यहाँ दिनदिनै गाईजातत्रा हुने पीर छ ।

प्रहसन कहिलेकाँही हुेर्नु त छदैँ छ
यहा दिनदिनै हेर्नु पर्ने हो कि भन्ने पीर छ ।

हाँस्यब्यंग्य कलाकार यदाकादा देखिन्छन
तर यहाँ त पलपलमा देखिन्छ कि भन्ने पीर छ ।

हँँसिमजाक कहिलेकाँही गर्नु त छँदै छ
तर यहाँ यतिमै समय बित्ने होकि भन्ने पीर छ ।

रुँदारुँदै आँखाबाट आँसु झर्ने त छँदै छ
तर यहाँ हाँस्दाहँस्दै रुनु पर्ने होकि भन्ने पीर छ ।

रुँदारुँदै पीडाले मर्नु त छँदैछ
यहाँ हाँसेरै मरिन्छ कि भन्ने पीर छ ।