पुस्ताहरु
शहर जति व्यस्त छ उत्तिकै कोलाहलमय पनि ।
सडकसँगैको फुटपाथमा ऊ तिखा नङ्ग्राहरुले कोपरेको मुखमुद्रा बोकेर बसिरहेको छ । जीउमा कात्रो भन्न पनि नसुहाउने अति सामान्य चिथ्रा बे¥िहएको छ । उसका आँखा प्रत्येक आउने–जानेहरुको पदचापमा उठबस गर्छन् ।
यस ठाउँमा उसको बाजेको एउटा घर थियो । बाउको पालामा ऋणले त्यो घर भसक्कै पा¥यो ।
उसको पालामा केही बाँकी रहेन । उसित फगत किरमिर रेखाहरुका दुई हात र अविश्वसनीय परिवेश मात्र । सडक छैन फुटपाथ छ । किनार छैन, बगर छ । आकाश छैन, बादल छ । भाग छैन, अवशेष छ ।
नजिकै केही कुकुरहरु एउटा भागमाथि हारालुछ मच्चाइरहेछन् । त्यसमा उसको पनि हिस्सा छ । तर ऊ मौन छ ।
ऊ त्यहाँ हेर्दैछ । बस् हेर्दैछ – केही नगरी ।
प्रियवरहरु ! त्यो केही गर्न नसक्ने रित्तो हातको लाछी मान्छे म हुँ ।