जिन्दगीरहित

एक पटक सेन्सर गर्न त्यहाँ एउटा मान्छे प्रस्तुत गरियो । मान्छे के, त्यो त ’emले उत्पादन गरेको सम्पूर्णता थियो । उत्पादित कुनै पनि वस्तु प्रयोगमा ल्याउनु अघि सेन्सर गर्नुपर्ने त्यहाँको नियम थियो । सेन्सर गरिसकेपछि मात्र प्रकाशमा ल्याउन पाइन्थ्यो ।

कोठाभित्र पस्नासाथ त्यसले ठूलठूला आँखाले चारैतिर हे्र¥यो । टेबुलमा केही औजारहरु राखिछोडेका थिए चिरफार गर्ने खालका । पछाडितिर अर्ध– गोलाकारसँग राखिएका कुर्सीहरुमा भद्दा आकारहरु विचित्त ढाँचामा बसिरहेका थिए ।

’emले उसलाई खाउँला झैं हेरे । यो देखेर उसले पनि ’emलाई त्यसैगरी ह¥यो ।
– ओहो ! कस्तरी हेरेको … झम्टला जस्तो । यसको आँखा ठीक छैन, भन्दै आँखा हटाइदिए । सट्टामा थपिदिए स्पटिकको टुक्रा ।

रीसले आँखै देखेन । कराउँदै ’emमाथि हात उजायो ।

– ओहो ! यसको हात पनि खतरनाक रहेछ । ल, हात पनि झिक्नुपर्छ ।

झन् क्रुद्ध भएर जथानाम तथानाम गाली गर्न थाल्यो उसले ।

– मुख त हेर्दै छुच्चो रहेछ, टालिदिनु पर्ला ।

– हैन, मुख नभए केले खान्छ ?, एउटाले भन्यो ।

– त्यसोभए बोली झिकिदिउँ !

– अँ, ठीक छ , एकसाथको सहमतिजनक टाउकाहरु हल्लिए ।

त्यो चुपचाप कामिरह्यो , हौसला क्षीण हुँदै ।

भोलिपल्ट ’emसामु त्यस मान्छेलाई उपर्युक्त अङ्गहरु झिकेर प्रयोगका लागि स्वीकृत गरियो ।
त्यो अहिलेको मान्छे थियो ।