गाँठो
अगाडि अजङ्गको पहाड थियो ।
’emलाई त्यो अजङ्गको पहाड चढ्नु थियो दिनैपिच्छे । तर ’emसंग चढ्नको लागि एउटा डोरी बाहेक अरु साधन थिएन ।
पहिलो आरोहीले डोरीको सहयोगबाट पहाड चढ्न शुरु ग¥यो । फेदबाट केही उकालो चढ्न त गाहारो थिएन । मजासंगै चढियो । तर एउटा मोडमा पुगेपछि भने आफ्नो भारले गर्दा डोरी समातेर सिधै चढ्न उसलाई अप्ठेरो भयो । अप्ठेरो भएपछि सजिलोको लागि उसले डोरीमा गाँठो पा¥यो र त्यही गाँठोको सहाराले आरामले चढ्यो।
पहाड चढ्न अर्को आयो । ऊ पनि आफ्नै तालले चढ्न थाल्यो । बाटोमा एउटा ठूलो ढुङ्गा आयो त्यसलाई छलेर जान उसले पनि डोरीमा गाँठो पा¥यो । उसलाई सजिलो भयो । तर उसले पनि काम सकिएपछि गाँठो फुकाउने उपाय गरेन, त्यतिकै छोडेर हिंड्यो ।
यसैगरी प्रत्येक आरोहीले डोरीमा गाँठो पार्दै आफ्नो काम चलायो । केही अप्ठेरो आउनासाथ ’em डोरीलाई गाँठो पार्दै समस्याबाट पार लाग्थे तर आफ्नो काम सकिएपछि भने गाँठो त्यतिकै छोडेर जान्थे ।
अन्तमा ।
प्रत्येकले गाँठो पार्दा पार्दा डोरीमा गाँठै गाँठो मात्र भयो । हुँदाहुँदा अब अर्को गाँठो बाँध्ने ठाउँ नै रहेन । डोरी त गाँठै गाँठै भएछ । डोरी भएन गाँठोको डल्लो पो भएछ । अब डोरीको सहायताले पहाड चढ्न मुश्किल भयो ।
डोरी गाँठै गाँठोले भरिएदेखि पहाड चढ्ने क्रम पनि रोकियो ।
००