अविश्वासको प्रस्ताव आउने भएपछि, राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य

पोखरा,वैशाख २ : गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ। 

बुधबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका छन्।

अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन्। 

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ।

गण्डकीमा माओवादी र कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् । त्यसका लागि बिहीबार नै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै थियो ।