कोरोनाको दोस्रो डोज खोप आजदेखि लगाइने, कसको पालो कहिले ?

काठमाडौ, वैशाख ७ : सरकारले आजदेखि (मंगलबार) कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउने भएको छ ।

गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् ।

कसको पालो कहिले  ?
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरूको वैशाख ७ गते 
माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरूको वैशाख ८ गते
माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरूको वैशाख ९ गते
माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरूको वैशाख १० गते
माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरूको वैशाख ११ गते