पूर्व राजा ज्ञानेन्द्र र रानी कोमललाई कोरोना संक्रमण

काठमाडौं, ७ वैशाख : पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुको कोरोना संक्रमण परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।
