कर्णालीमा फ्लोर क्रस गर्ने चार नेता पार्टी सदस्य र सांसदबाट निस्कासन

काठमाडौं, वैशाख १० : एमाले संसदीय दलको ह्विप उल्लंघन गर्ने कर्णाली प्रदेशसभामा चारजना सांसद कारबाहीमा परेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गरेको हो।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यी चारजनाले एमाले संसदीय दलको निर्णय उल्लंघन गरेका थिए।