निशान भट्टराईको रोमान्टिक गीत “प्रेम पत्र”


युवा सङ्गीतकार प्रमोद पन्तको सङ्गीत र आशिर्वाद पन्तको गीतमा सुमधुर स्वरका धनी गायक निशान भट्टराईको “प्रेम पत्र” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सोनम पाख्रीनको निर्देशन र निमबाबु तामाङको नृत्य निर्देशनमा कमल सिंह र श्रेया कार्कीको अभियान रहेको म्युजिक भिडियोलाई ज्ञान चापागाईंले छायांकन र सम्पादन गरेका हुन् ।
भिडियो आशिर्वाद म्युजिक युट्युब च्यानलले बजारमा ल्याएको हो।