प्रधानमन्त्रीद्वारा आफुलाई सहयोग गर्न आग्रह तर कांग्रेसले भन्यो सक्दैनौं

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीद्वारा आफुलाई सहयोग गर्न आग्रह गर्दा सभापति देउवाले गर्न नसक्ने जवाफ दिएकाछन् । बुधबार सभापति शेरबहादुर देउवा निवासमा भएको दुई पार्टीका नेताहरुको बैठकमा ओलीले २७ गते संसदमा हुने भोटिङमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।

जवाफमा कांग्रेसले प्रतिपक्षी दल भएको र सरकारकै कार्यशैलीका कारण सहयोग गर्न नसक्ने जवाफ सभापति देउवाले दिएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

बैठक’bout जानकारी दिँदै महतले भने, ‘उहाँले विश्वासको मत लिन गइरहको छु। कांग्रेसको सहयोगको अपेक्षा गरेका छु भन्नुभयो। हामीले सहयोग गर्न सक्दैनौँ भन्ने स्पष्ट जवाफ दिँऔँ।’

दुई पार्टीको बैठकमा कोरोना नियन्त्रण’bout पनि छलफल भएको छ। कांग्रेसले कोरोना नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ।

प्रधानमन्त्री भएपछि ओली पार्टीका अरु नेताहरुलाई समेत लिएर देउवा निवास पुगेका हुन्।

छलफलमा एमालेका तर्फबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, विष्णु पौडेल सहभागी छन् भने कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला सहभागी उपस्थित थिए।

बुढानिलकण्ठ जानुअघि एमाले नेताहरुले बालुवाटारमा छलफल गरेका थिए। कांग्रेसले २७ गते सदनमा हुने मतदानमा ओलीको विपक्षमा भोत हाल्ने औपचारिक निर्णय गरिसकेको अवस्थामा भएको दुई पार्टीका नेताहरुको बैठकलाई चासो पूर्वक हेरिएको छ।