पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन

काठमाडौं, जेठ ५ : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ।
९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको बरालको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनको आजै दिउँसो अन्तिम संस्कार गरिने छ।
बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।
