निषेधाज्ञालाई थप कडा बनाउन गृहमन्त्रालयको निर्देशन

काठमाडौं, जेठ ८ : कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि लगाइएको जारी गरिएको निषेधाज्ञालाई थप कडा बनाउन गृहमन्त्रालयले निर्देशन दिएको छ। गृहसचिव महेश्वर न्यौपानले शनिबार तीन वटै नियका प्रमुख र ७७वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञालाई थप कडा बनाउन निर्देशन दिए हुन्।

गृहसचिव न्योपानेले नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई गृह मन्त्रालयमै बोलाएर निर्देशन दिएका हुन् भने प्रजिअहरुलाई निषेधाज्ञा कडा बनाउन परिपत्र गरेका छन्।

सचिवको निर्देशनपछि मन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै सर्वधारणलाई घरबाहिर निस्कन नदिन निर्देशन दिइएको छ। निषेधाज्ञाका पालना नगर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गर्न पनि निर्देशन दिइएको छ ।

अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।