जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश

काठमाडौं, जेठ २३ : सर्वोच्च अदालतले गण्डकी प्रदेशमा जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. कुमार चुडालको इजलासले यस्तो आदेश गरेको हो ।

पार्टी निर्देशनविपरीत काम गरेको बताउँदै जनमोर्चाले उनलाई पदमुक्त गरेको थियो। त्यसविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए।