ओलीद्वारा एकताका लागि आह्वान, जेठ ३ भन्दा अगाडिका पार्टी कमिटी ब्युँताइने

काठमाडौं, जेठ २३ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि आह्वान गरेका छन् ।

३ जेठभन्दा अगाडिका पार्टी कमिटी ब्युँताउन उनी तयार देखिएका छन् ।

अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ का फर्कन तयार रहेको बताएका हुन्। खनाल–नेपाल समूहले आजै (आइतबार) ओलीले वार्ताका नाममा चालबाजी गरिरहेको बताएका थिए । उनीहरूले कारबाही फिर्ता लिएमात्रै वार्ता अघि बढ्ने पनि बताएका थिए।