एमिकस क्युरीमा कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम सिफारिस

काठमाडाैं, असार १ : सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई प्रतिनिधिसभा विघटनको मुद्दामा एमिकस क्युरीका रुपमा सिफारिस गरेको छ। सर्वोच्च बारको मंगलबार बसेको बैठकले घिमिरे र केसीलाई एमिकस क्युरी सिफारिस गरेको हो।

जेठ ७ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीनमा मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २–२ जना एमिकस क्युरी माग गरेको थियो ।

साेही अनुसार सर्वाेच्च बारले एमिकस क्युरीमा घिमिरे र केसीलाई सिफारिस गरेकाे हाे।