क्षमा प्रकृति!

नवीन राजबंशी

यौवन बनी चढिदेऊ

बृक्षको नव पालुवामा

रंग अनेक छरिदेऊ

होलीको झैं पुष्पदलमा

फेर्न पाऊँ स्वच्छ वायु,

म मान्छे पनि,

यहीँ कतै

प्रकृति,

 म अंश तिम्रै त हुँ,

बाँच्न देऊ तिमी भित्रै

तिम्रो आङबाट खोस्रेका

ती बालुवा र गिट्टीहरु

फेर्ने सासमा

वीष घोल्ने

ठुलाठुला भट्टीहरु

म मान्छे मैले,

ढाल्दै गएँ

प्यारा तिम्रा रुखहरु

मूर्ख कस्तो,

टाल्दै गएँ,

पानी दिने मुखहरु

 हेर्न पाऊँ निर्मल झरना

हाँसिरहुन हिमाल सँधै

प्रकृति,

म अंश तिम्रै त हुँ,

बाँच्न देऊ तिमी भित्रै

शरीर तिम्रो,

भाग लगाई,

साना ठुला देश बने

विकासको,

खोल ओढे,

पुस्तौंलाई क्लेश दिने

म मान्छे,

मैले पाल्दै गएँ,

भगवान बन्ने इच्छाहरु

भोग्दै फेरी,

लत्याउँदै गएँ,

तिमिले दिएका शिक्षाहरु

 मेट्न पाऊँ,

तिम्रो मुहार,

बिगार्ने मेरा कर्तुत नै

प्रकृति,

म अंश तिम्रै त हुँ,

बाँच्न देऊ तिमी भित्रै

माटोलाई माया,

नदिलाई पुजा,

घामको ज्योतिमा

वायुले आयु

म बाँच्दै हराऊँ

आकाशको शान्तिमा

घेर्न पाऊँ

 तिम्रो आँगन,

हरियालीले,

 म माली भै

प्रकृति,

 म अंश तिम्रै त हुँ,

बाँच्न देऊ तिमी भित्रै

– नवीन २०७८/२/२८