ललितपुरमा शुक्रबारबाट भेरोसेलको दोस्रो डोज लगाइने

ठमाडौं, असार २३ : कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को ललितपुरमा शुक्रबारबाट दोस्रो डोज लगाइने भएको छ। 

कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते दोस्रो डोज लगाइने ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले बताए।

गोदावरी नगरपालिकाका १४ वडाबाटै उक्त खोप शुक्रबार लगाइने भएको छ। खोपका लागि गोदावरीका सम्बन्धित वडाका स्वास्थ्यचौकीका साथै टौखेलस्थित किटिनी र वडा नं १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय तथा आनन्दवन अस्पताल एवं  वडा नं ११ कार्यालयबाट समेत सेवा दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।