गणतन्त्र

कस्तो रहेछ त यो गणतन्त्र शब्द जसबाट जे पनि अर्थ निस्कन सक्छ, त्यो पनि ठयाम्मै परस्परविपरीत । ‘राजा मात्र नभएको, अरू सबै कुरा २०४६ मा पुन:स्थापित प्रजातन्त्र जस्तो’ पनि गणतन्त्र अरे, ‘प्रजातन्त्र, लोकतन्त्र, संसदीय व्यवस्था सबै समाप्त पारिएको, स्टालिन र माओले चलाएको सर्वसत्तावादी शासन जस्तो’ पनि गणतन्त्र नै अरे ।


मूर्खतापूर्ण कुरा लाखौं मानिसले भने पनि मूर्खतापूर्ण नै हुन्छ । -अनातोले फ्रान्स

गणतन्त्र आयो भनेर गदगद भएकाहरूलाई माओवादी अध्यक्ष प्रचण्डले पुस १९ गते निराशाजनक सन्देश दिएका छन्, ‘यो कस्तो खालको गणतन्त्र हुने हो भन्ने टुंगो लागेको छैन’, भनेर ।

प्रचण्ड भन्छन्— संसदवादीहरू संसदीय गणतन्त्र बनाउन खोज्दा होलान् । त्यो प्रतिक्रियावादी, बुर्जुवा, पूँजीवादी, विहारी गणतन्त्र हो । त्यस्तो गणतन्त्र हामी मान्दैनौं । हामी त जनताको गणतन्त्र, जनगणतन्त्रमा जाने हो । जनविद्रोह मार्फत सत्ता कब्जा गरेर भए पनि जान्छौं ।

प्रचण्डको कुरा सही हो, किन भने नेपाली कांग्रेस जस्ता संसदवादीहरू संसदीय गणतन्त्रकै कुरा गर्दैछन् । जनगणतन्त्र भनेको लोकतन्त्रको चिहान हो भन्ने तिनको मान्यता छ । त्यो पनि सही हो । यता, यिनीहरूका ‘जनता’ चाहिं राजतन्त्रको चिहान नै गणतन्त्र हो भन्ने बुझाइमा थिए । राजतन्त्र गएपछि गणतन्त्रको कुरा टुंगो लाग्यो भन्ठान्थे । ठान्छन् । त्यो पनि गलत होइन ।

तर यी तीनवटै कुरा एकैचोटि सही हुन सक्तैनन् । ’cause, यिनमा आकाश–पातालको अन्तर छ । दुई ध्रुवमा छन् दुई पक्षका कुरा र ती त्यसैमा घमासान गर्दैछन् । यता जनता देखिन्छन्, घिउबेचुवा र तरवारबेचुवाको संयुक्त गठबन्धनद्वारा चकलेटको खोल थमाइएका बालक जस्ता । खोल चम्किलो छ, रंगीचंगी छ, भुक्क फुलेको छ, चकलेटको नाम आकर्षक अक्षरमा लेखिएको छ तर त्यसभित्र चकलेट छैन । बालक त्यसैमा दंगदास छ; खोल थमाउनेहरू भन्दैछन्— चकलेटको टुंगो लागेको छैन ।

अर्थ स्पष्ट नभएका ठूलठूला शब्दको कपटपूर्ण प्रयोग गरेर राजनीतिबाजहरूले जनतालाई कसरी मूर्ख बनाउँछन् भन्ने कुराको यो ताजा र ज्वलन्त उदाहरण हो । टुंगो नलागेको कुरामा सहमतिको नाटक, अनि संसदमा त्यसको घोषणा ! सामान्यत: एउटा पक्ष, व्यवस्था वा पार्टीले जनतालाई यसरी झुक्याउन खोज्दा अर्को पक्ष वा पार्टीले सही कुरा बताएर जनतालाई गुमराह हुनबाट जोगाउँछ । तर हामीकहाँ त सर्प र न्याउरीमूसाको जस्तो सम्बन्ध भएकाहरूले मिलेर यो काम गरेका छन् ।

कस्तो रहेछ त यो गणतन्त्र शब्द जसबाट जे पनि अर्थ निस्कन सक्छ, त्यो पनि ठयाम्मै परस्परविपरीत । ‘राजा मात्र नभएको, अरू सबै कुरा २०४६ मा पुन:स्थापित प्रजातन्त्र जस्तो’ पनि गणतन्त्र अरे, ‘प्रजातन्त्र, लोकतन्त्र, संसदीय व्यवस्था सबै समाप्त पारिएको, स्टालिन र माओले चलाएको सर्वसत्तावादी शासन जस्तो’ पनि गणतन्त्र नै अरे । लोकतन्त्र र साम्यवाद मात्र होइन, समाजवाद, पृथकतावाद, विखण्डनवाद, सामन्तवाद, जातिवाद र कबिलावादसम्म पुर्‍याउने माध्यम पनि गणतन्त्र नै हुन सक्ने अरे । अब त लाग्न थालेको छ, संविधान सभाभित्र राजतन्त्रात्मक गणतन्त्रको सपना साँच्नेहरू पनि कसो नहोलान् !

जुन शब्दले निश्चित र स्पष्ट अर्थ बुझाउँदैन, त्यो वस्तुत: अर्थहीन हुन्छ । असल लेखकहरू ‘क्षतिग्रस्त’ शब्दको प्रयोग गर्दैनन् ’cause त्यसले घरका झ्यालको सीसा फुटेको देखि भित्ताहरू चर्केको, छत प्वाल परेको वा एउटा तला पूरै भत्केको सम्म जे पनि अर्थ बुझाउन सक्छ, त्यसैले केही पनि अर्थ बुझाउँदैन । प्रभावित, नियन्त्रण, गैरकानूनी, अभिवृद्धि, विकास, दुरवस्था आदि यस्तै शब्द हुन्, जसले स्वयं केही अर्थ बुझाउँदैनन्, अस्पष्टता मात्र सञ्चार गर्छन् । अन्य शब्दहरूले व्याख्या गरिदिएपछि मात्र तिनको मात्रा, घनत्व, तह, परिमाण, आयतन, गहिराइ अर्थात् असली अर्थ स्पष्ट हुन्छ । राजनीतिका त अधिकांश शब्दहरू नै यस्तै छाँटका हुन्छन्— जसले जहिले जे अर्थ निकाले पनि हुने । अरूले नजानेर यस्ता शब्दको प्रयोग गर्छन्, राजनीतिबाजहरूले जानेर— बेइमानीपूर्ण नियतले ।

गणतन्त्र यस्तै शब्द हो । ‘सर्प र न्याउरीमूसो’ दुवै पक्षले आ–आफ्नो खल्तीका बुद्धिजीवी र नागरिक अगुवाहरूको समेत प्रयोग गरेर हिजो यस्तो वातावरण बनाएका थिए, जसमा ‘गणतन्त्र’ का पछाडिको कपट, बेइमानी र यसको निरर्थकताको चर्चा गर्न खोज्नु ‘जनताको दुश्मन’ र ‘प्रतिगामी’ को पगरी भिराइमाग्नु हुन्थ्यो । तर समयले आज उनीहरूलाई नै आफ्नो मखुण्डो हटाउन विवश पार्दैछ । अब जनता सोध्न चाहन्छन्— कस्तो गणतन्त्र भन्ने टुंगो नै लागेको थिएन भने तपाईंहरूले कुन आधारमा गणतन्त्रको घोषणा गर्नुभयो ? लोकतान्त्रिक वा अधिनायकवादी कुन व्यवस्थामा जाने हो भन्ने प्रश्न जस्ताको तस्तै छ भने यस्तो घोषणाको के तुक ?? तपाईंहरूको घोषणा बगरे र गोठालाले मिलेर गाईवस्तुलाई झुक्याउन सुख्खा गौचरनमा हरियो घाँसको चित्र भएको ‘फाइभ स्टार होटल’ को साइनबोर्ड टाँगिदिएभन्दा कुन मानेमा, कति फरक छ ???

गणतन्त्र जस्तै स्पष्ट अर्थ र परिभाषा नभएका ‘संघीयता’ र ‘समावेशी’ शब्दले पनि मुलुकलाई कुइराको काग बनाएका छन् । संघीयता कुन चराको नाम हो भन्ने खुटयाउन नसकेर राजनीतिक पार्टीहरू आफैं धर्मराउन थालेका छन् भने घोडा, मूसा र कमिलालाई म्याराथनमा समानुपातिक रूपमा समावेशीकरण गर्नुपर्ने बुद्धिले देशलाई कहाँ पुर्‍याउला— टीभीमै म्याराथन हेरेकाहरूले पनि सहजै अनुमान गर्न सक्छन् । एउटाको सट्टा थुप्रै देश हुनु अथवा सानो देशको सट्टा ठूलो देशको नागरिक हुनु राम्रो भन्ने कतिलाई लागेको होला । त्यसैगरी जात अथवा जन्मकै मात्र आधारमा मौका दिने आरक्षण प्रणाली नै जातिवाद र राजतन्त्र–विरोधी क्रान्तिकारिताको उत्कृष्ट रूप हो भन्ने पनि धेरैको ठम्याइ होला । तिनका ’boutमा टिप्पणी गर्नु भन्दा निकोलस द क्याम्फोर्टको भनाइ उद्धृत गर्नु नै पर्याप्त हुनेछ— थुप्रै मूर्खतापूर्ण विचारहरू राम्रो आवरणमा सजिएका हुन्छन्, ठीक त्यसैगरी जसरी मूर्खहरू सूटमा सजिएका हुन्छन् ।

‘एउटा झूटलाई सयपल्ट दोहोर्‍याएपछि त्यो सत्य हुन्छ’ भन्ने गोयबल्सद्वारा प्रतिपादित र कम्युनिस्टहरूद्वारा प्रवर्धित मानवीय प्रज्ञा एवं विवेकको अवमूल्यन गर्ने मान्यता त्यसवेला धराशायी हुन्छ, जब त्यसका सामु ‘एउटालाई सधैं मूर्ख बनाउन र धेरैलाई एकपल्ट मूर्ख बनाउन सकिन्छ तर सबैलाई सधैं मूर्ख बनाउन सकिंदैन’ भन्ने मान्यता उभिन आइपुग्छ । गणतन्त्रको त्रासदी यहींनेर लुकेको छ र शुरूमा उद्धृत अनातोले फ्रान्सले पनि यही सत्यतिर संकेत गरेका हुन् ।

यो साता२०६६ माघ १, शुक्रवार